काठमाडौं / सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाएको प्रश्नले ६० दिन पूरा गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग्दै विरोधलाई निरन्तरता दिए। नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रधानमन्त्रीबाट कहिलेसम्म जवाफको प्रतीक्षा गर्नुपर्ने भन्दै प्रश्न उठाइन्। उनले सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको स्पष्ट आधार प्रस्तुत गर्नुपर्ने बताइन्। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत भएको दाब
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा चुनौतीबीच सरकारले उच्चस्तरीय सुरक्षा समीक्षा थालेको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर देशको समग्र शान्ति–सुरक्षा अवस्था, विशेषगरी सुनसरी घटनापछि विकसित परिस्थितिबारे विस्तृत छलफल सुरु भएको हो।बैठकमा प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति तथा रक्षा सचिव सहभागी छन्। परिषद्ले सुनसरी घटनाको सुरक्षा प्रभाव, सम्भावित जोखिम र त्यसको नियन्त्रणका लागि आवश्यक रण
काठमाडौं / सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी समेत गरिन् ।उनले भनिन्, ‘सबैजनाले घटना घटना भन्नुभयो तर घटना के भएको रहेछ भनेर हिम्मत कसैमा छैन् । सत्तारुट दललगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुखद घटना उल्लेख गरेको छ । तर कुन घटनाको कुरा गरिएको हो, स्पष्ट छैन ।’सत्ता पक्षसहित विभिन्न राजनीतिक दलहरूले सुनसरीको घटनालाई
काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनसरीमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले घाइते स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार निःशुल्क र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले दंगा नियन्त्रण दमनबाट नभई संवाद, योजना र विश्वास निर्माणबाट गर्नुपर्ने बताइन् । राज्य शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न अस
काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए । ‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’ उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए । उनले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गरे । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए ।उनले भने,‘ हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन भनी नै रहेका छौँ । तर
काठमाडौं / नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।नागरिकको ज्यान जाने गर
काठमाडौं / प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
काठमाडौं / प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे बैठक बोलाएका हुन् । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
धनगढी / सुदूरपश्चिम प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै सरकार गठनको बाटो खुला भएपनि मन्त्रालयको भागबन्डा मिलाउन सकस हुँदा ढिलाई भएको छ ।केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेबीच प्रदेशमा सहकार्य गरेर सरकार सञ्चालन गर्ने सहमित अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तय भएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री लगभ तय भएको छ । तर, सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा भागबन्डा मिलाउन सकस भइरहेको नेकपाका एक प्रदेश सभा सदस्यको भनाई छ ।कुल ७ वटा मन्त्रालय रहेको सुदूरपश्चिममा मात्र नयाँ राजनी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.