राजनीति

    Showing 3,801-3,810 of 10,435 items.
  • स्वार्थको राजनीतिमा सहभागि भए, अब कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछुः जनार्दन शर्मा

    काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् ।  उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ति गरेका

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 719 पटक पढिएको
  • पुस १६–१९ मा महाधिवेशन, गगन थापाको प्रस्तावले चर्चा बढायो

    काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।बैठकको सुरुमै सम्बोधन गरेका थापाले पुस १६ देखि १९ सम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । यता, संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ । विवादकै बीच थापाले आफूले तयार पारेको प्रस्ताव बैठकमा पेस गरेका हुन् । संस्थापन इतरका नेताहरू अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुप

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 520 पटक पढिएको
  • सांसदको स्वकीय सचिव सुविधा खोस्ने सरकारी निर्णय लागू

    काठमाडौं—  संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवको सुविधा खोस्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो ।यस अनुसार तत्काल करिब ६० जनाको पद गुम्ने देखिएको छ । यसमध्ये ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिव छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव र एकजना अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । त्यसलाई यथावत् राखिएको छ  ।त्यस्तै, विपक्षी दलको नेता, उपसभामुख र प्रतिनिधिसभाको विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 590 पटक पढिएको
  • राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् ।मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए ।‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतल

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 736 पटक पढिएको
  • ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

    काठमाडौं—  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए । उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ । यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्छ । अझै धेरै गर्नुछ । अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ । अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 565 पटक पढिएको
  • माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो ।तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 565 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन् । आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 603 पटक पढिएको
  • हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो ।कार्यकाल पूरा हुनुअघि नै आफूलाई पदबाट हटाइएको भन्दै उनले नेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन् । उनले रिटमार्फत अन्तरिम आदेश समेत माग गरेका छन् । शाक्यलाई २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 459 पटक पढिएको
  • नेपालको इतिहासमा एमालेले मंसिर २७ गते सबैभन्दा ठूलो जनसभा गर्ने पोखरेलको घोषणा

    काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । त्यो सभाले नेपाली जनता कसको साथमा छन् भनेर देखाउने उनको घोषणा छ । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् ।उनले भने,‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जन¥याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ, र मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ । हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन् ।’

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 368 पटक पढिएको
  • मन्त्रीहरु र सचिवहरुसँग संयुक्त छलफलमा प्रधानमन्त्री कार्की, कार्यप्रगतिको विवरण लिने

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी हुन् । बैठक सिंहदरबारमा जारी छ ।सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.