काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । त्यो सभाले नेपाली जनता कसको साथमा छन् भनेर देखाउने उनको घोषणा छ । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने,‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जन¥याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ, र मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ । हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन् ।’






































