राजनीति

    Showing 431-440 of 7,612 items.
  • हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा सम्पन्न हुनुपर्छः कांग्रेस

    काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।सोमबार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 342 पटक पढिएको
  • सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्योः सुवाल

    काठमाडौं— नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 369 पटक पढिएको
  • निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    काठमाडौँ। सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्य

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 177 पटक पढिएको
  • आज दुई वटा समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको छ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने ९इएलए०को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यस

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 379 पटक पढिएको
  • डोटीको वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    डोटी— डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको छ ।तीनै जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपैयाँ बिगो कायम गरिएको छ ।वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय डोटीबाट ६७ हजार ५ सय रुपैयाँ लिएको भए पनि वृक्षारोपण नगरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 404 पटक पढिएको
  • जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भत्सर्ना गरेको हो ।जेनजी आन्दोलनलाई अपहरण गरि बनेको सुशीला कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न नसकेको समेत संगठनको आरोप छ ।विज्ञप्तिमा लेखिएको छ,‘अग्रगामी निकासका लागि आज माइतीघर मण्डलामा विभिन्न ज

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 389 पटक पढिएको
  • अल जेनजी मुभमेन्टले अघि सार्यो सर्वपक्षीय राष्ट्रिय सरकारको माग

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ ।अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । खत्रीले वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने, ‘हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 392 पटक पढिएको
  • प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

    काठमाडौं— मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।त्यस्तै उनले देशलाई निकास नदिई,जेनज

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 394 पटक पढिएको
  • मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण

    जनकपुर— मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 385 पटक पढिएको
  • माइतीघरबाट पक्राउ परेका युवाहरुलाई प्रहरीले छोड्यो

    काठमाडौं— माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका  गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 399 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा