राजनीति

    Showing 451-460 of 7,612 items.
  • निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

    काठमाडौँ। राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ ।दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । राष्ट्रिय जनगणना, २०७८ को विवरणका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 162 पटक पढिएको
  • रास्वपाको केन्द्रीय कार्यालयमा लामिछानेले भने विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भव्य स्वागत गरिएको छ ।रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् । जेनजीले विद्रोह गरेको र त्यसलाई क्रान्तिमा बदल्न बाँकी रहेको भन्दै रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले भने- 'जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैन सिंहदरबार बदल्न पनि आवश्यक छ ।'   लामिछानेल

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 234 पटक पढिएको
  • २६१ दिनपछि पार्टी कार्यालयमा रवि लामिछाने

    काठमाडौं— अदालतको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने २६१ दिनपछि पार्टी कार्यालयमा पुगेका छन् ।आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनको स्वागत गरिएको छ ।लामिछानेको स्वागतका लागि पार्टी कार्यालयमा रास्वपा कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको थियो ।सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि लामिछाने २०८१ चैत २२ गते पक्राउ परेका थिए ।सोही अदालतको आदेशपछि लामिछाने शुक्रबार रिहा भएका हुन् ।उच्चले बिहीबार रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रूपन्देही जिल्ला अदालतमा प्रक्रिया पुर्‍याएर रिहा भएका थिए ।झण्डै ९ महिनाको जेल बसेका लामिछाने २६१ दिनपछि पा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 429 पटक पढिएको
  • जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी आन्दोलनको घोषणा

    काठमाडौं— जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका हुन्।संयोजक ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे। उनका अनुसार सरकार असफल भइसकेको भन्दै त्यसको विरोधस्वरूप देशभर शान्तिपूर्ण आन्दोलन गरिनेछ।उनले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र जनताको अधिकार तथा सरोकारका विषयलाई केन्द्रमा राखेर अघि बढाइने बताए। आन्दोलनका कार्यक्रम र स्वरूपबारे थप जानकारी

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 410 पटक पढिएको
  • परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार होः मन्त्री गौतम

    काठमाडौं—  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा।सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् ।विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख गरिन् ।उनले भनिन्, ‘अहिले विश्वमा नै योग ध्यान आयुर्वेदलगायतका हाम्रा विभिन्न विधाहरु छन् । जसमा झारफुक, धामी–झाँक्रीजस्ता लगायतका जसलाई पहिला वैकल्पिक भन्थ्यौं । यी पद्धतिहरू वैकल्पिक

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 357 पटक पढिएको
  • मन्त्री पुन भन्छन ध्यानको उत्पति स्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए ।मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 405 पटक पढिएको
  • काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

    काठमाडौं— सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए ।विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 365 पटक पढिएको
  • आज रवि लामिछानेलाई बनस्थलीस्थित घण्टीघरमा स्वागत गरिदै

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन् ।प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई दिउसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौं आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 360 पटक पढिएको
  • निर्वाचन ७४ दिन बाँकीः प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

    काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।नि

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 236 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै

    काठमाडौं—  संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दैछ ।बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।आज बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।आज बस्ने संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 373 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा