राजनीति

    Showing 5,561-5,570 of 10,436 items.
  • २५ करोड बरामद घटनाको छानबिनका लागि समिति गठन गर्न माओवादीको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रले २५ करोड बराबारको अवैध रमक बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि समिति गठनको माग गरेका हुन् । उनले भने, ‘यो सरकारप्रति प्रतिपक्षको आसंका छ । यो घटनाले संगठिन अपराधको जालो कुन स्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र बाहिर आएको छ । यो घटनाप्रति हाम्रो पार्टीको तर्फबाट ध्यानाकर्षण भएको छ । यो यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । त्य

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 397 पटक पढिएको
  • कांग्रेस मुख्य सचेतक घिमिरेले संसदबाटै मागे माफी

    काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफि मागेका छन् । गत आइतबार देशको विकास र पर्यटकहरुको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए । यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतनिधिसभाको बैठकबाटै उनले माफि मागेका हुन् ।  उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन । यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुस

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 292 पटक पढिएको
  • एकीकृत समाजवादीद्वारा बैठक आह्वान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ ।सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ । काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा राखिएको  छ । केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गते बोलाएको छ । पार्टी केन

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 444 पटक पढिएको
  • परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच आज भेटवार्ता भएको हो ।भेटका क्रममा उनीहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको सा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 327 पटक पढिएको
  • ‘राप्रपा आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर अगाडि बढ्छ’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज हामीले बैठक बोलाउदा नै आन्दोलनसँग केन्द्रित भनेका थियौ । आजको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आउदो १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसाएर थप आन्दोलनका कार्यक्रमहर

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 460 पटक पढिएको
  • ‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् । मंगलबार २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरुलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए । जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ ।उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली ज

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 365 पटक पढिएको
  • पीएन क्याम्पसको स्ववियु निर्वाचन भोलि

    काठमाडौं— पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि (बुधबार) मात्र हुने भएको छ ।मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैटौँले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो ।अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । 'मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध ग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 571 पटक पढिएको
  • विप्लव भन्छन राजनीतिक अस्थिरताका कारण जनता थकित भइसके

    काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए ।हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको उनको भनाइ छ । उनले जनताको राजस्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगविलास गरिरहेको पनि बताए ।नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै उनले पाँच वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताए ।'हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 499 पटक पढिएको
  • लेखा समितिमा ११४ उजुरी, बढ्दै उजुरीको संख्या

    काठमाडौं— संसद्‍को सार्वजनिक लेखा समितिमा ११४ वटा उजुरी परेका छन् । उजुरीको संख्या निरन्तर बढ्दै गएको समितिका सचीव एकराम गिरीले जानकारी दिए । मंगलबार समितिको बैठकमा ११४ वटा उजुरी विवरण सांसदहरूलाई वितरण गरिएको सचीव गिरीले बताए । समिति बैठकमा उजुरी आउनेक्रम जारी रहेको बताएका छन् ।लेखा समितिले कांग्रेस सांसद सञ्जयकुमार गौतमको नेतृत्वमा उजुरी अध्ययन समिति नै बनाएर छलफल समेत गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 352 पटक पढिएको
  • प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी

    काठमाडौं— सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा पूर्वमहान्यायधिवक्ता समेत रहेका एमाले नेता अग्नि खरेललाई नियुक्त गरेसँगै आयोग गठनको तयारीस्वरुप प्रमुख दलका नेताहरूबिच छलफलको तयारी भएको हो । केही दिन अघि प्रधानमन्त्रीका सल्लाहकार खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र सल्लाहकार खरेलबिचको छलफलमा अवरुद्ध प्रक्रिया अघि बढाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन ढिला गर्न नहुनेबारे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.