राजनीति

    Showing 5,571-5,580 of 10,436 items.
  • चुनाव चाहियो भन्दै आरआर क्याम्पसमा प्रदर्शन

    काठमाडौं— निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पसमा नेविसंघले आज प्रदर्शन गरेको छ। तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै आरआर गेट अगाडि नाराबाजी गरेका हुन्।अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि आरआरको क्याम्पसको स्ववियु चुनाव रोकिएको हो।‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकूल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, क्याम्पसद्वारा प्रकाशित सूचनामा भनिएको छ।क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 407 पटक पढिएको
  • मुख्यमन्त्रीदेखि कर्मचारीहरुको तलब रोकिएपछि...

    काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ। लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो।लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौँ तहबाट प्रशासन समूह हटाउनुपर्ने, लेखा समूहको ओएण्डएम गर्नुपर्ने, र प्रदेश लोकसेवा आयोगले खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने माग राखेका छन्। माग पुरा नगरे संघमा फिर्ता जानुपर्ने चेतावनीसमेत दिएका छन्।गत बुधबारदेखि लेखा अधिकृतहरूले भुक्तानी प्रक्रिया रोकेपछि तलब रोकिएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए। सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षको बजे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 310 पटक पढिएको
  • आज पनि बस्दै राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज ११ः०० बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।यो आइतबार बसेको बैठकको निरन्तरता हो । आजको बैठकमा पार्टीको सबलीकरणका विषयमा र आन्दोलन केन्द्रित हुनेछ उनले बताए ।राजावादीहरूले शाह वंशीय शासन फर्काउन भन्दै आन्दोलनको तयारी थालेका छन् । आन्दोलन निर्देशन समिति सदस्यमा राप्रपाका नेताहरु पनि रहेका छन् ।अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफूलाई जानकारी नै नदिई सदस्यमा राखिएको भन्दै प्रतिवाद गरेका छन् ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 330 पटक पढिएको
  • स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा मतदान सुरु

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका ला

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 314 पटक पढिएको
  • अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ ।विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 403 पटक पढिएको
  • आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचन अनुगमनका लागि केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट टोली गठन गरी अनुगमन गर्ने तयारी गरेको हो ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताउँदै त्यसका लागि टोली गठन गरिसकेको जानकारी दिए । आयोगले विगतदेखि शान्तिसुरक्षा तथा मानव अधिकारको दृष्टिकोणले निर्वाचनकोे अनुगमन गर्दै आइरहेको छ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 465 पटक पढिएको
  • आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैनः सांसद सिटौला

    काठमाडौँ । नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताए । उनले भने, ‘संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ ? सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।’सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटी वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 502 पटक पढिएको
  • राजावादीविरुद्ध नेकपा एसले एक लाख जनता उतार्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको छ ।सोाबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरुसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणीत गर्न विरोधसभा गर्न लागेको जानकारी दिए । उनले भने,‘चैत १५ गते नेकपा एसले एउटा जनप्रदर्शनको आयोजना गरेका छ । त्यसलाई भव्य र सफल बनाउन समाजवादीको तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा छलफल भयो । आन्तरिक रुपमा छलफल भइरहेको छ । राजावादीहरुले गरेको गतिविधिहरुलाई खण्डन गर्ने र जनता गणतन्त्रवादीसँगै छन् । नाट

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 443 पटक पढिएको
  • प्रचण्ड भन्छन राजावादीले गरिरहेका क्रियाकलाप संविधान विरोधी छन्

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको टिप्पणी गरेका छन् ।जनतालाई पुनः एकपटक रैती बनाउनेगरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे ।राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘अहिले राजावादीहरूले जे गरेका छन्, त्यो संविधान विपरित काम हो । जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित छ । सबै उत्पीडित वर्ग र समुदायको बढी जिम्मेवारी छ ।’प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउँदै प्रचण्

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 383 पटक पढिएको
  • २१ औं शताब्दीमा वंशगत शासनको बहस गर्नु हानिकारक छः प्रदिप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले २१ औं शताब्दीमा पनि वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद र हानीकारक विषय भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा सचिवालय बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले २१ औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस गर्नु आफैंमा हास्यास्पद, हानीकारक विषय भएको भन्दै युवा पुस्ताले यसबारे तुलनात्मक अध्ययन गर्नुपर्ने बताए । उनले भने, ‘नेकपा एमाले आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भिरताका साथ आत्मसाथ गर्न, निरङ्कुश कालमा अधिकार खोसिदाको पीडालाई अनुभूत गर्न दुई शताब्दीभन्दा ला

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 388 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.