काठमाडौँ / प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जसपा विभाजन भएसँगै मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन असोज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।प्रदेश २ को प्रदेशसभा बैठक असार २९ गतेपश्चात बस्न सकेको छैन। यस अवधिमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागी भइसकेको छ भने सत्तारुढ दल रहेको जनता समाजवादी पार्टी
बिर्तामोड / सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार संवैधानिक इजलासमा पेसी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा राखेको हो ।यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।माओवादी युद्धका बेला
काठमाडौँ / नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रि
बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)शिव सतासी नगर कमिटी गठन भएको छ ।असोज १२ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिवसताक्षी नगर कमिटी नविन इजमको अध्यक्षता मा ७५ सदस्यीय गठन भएको हो। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादीं) केन्द्रीय सचिव एवम् १ नं प्रदेशका संसदिय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले नगर कमिटीको घोषणा गरेका थिए । तुलसीराम भट्टराईले अध्यक्षता गरेको सभामा स्वागत सोमनाथ गुरागाँई र सञ्चालन प्रेम राईले गरेका थिए । नवगठित नगर कमिटी लाई शफत प्रमुख अतिथि
बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाले सरकार परिवर्तन पछि राजिनामा नदिएपछि सरकारले हटाउन तयारी थालेको छ ।कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पनि राजनीतिक कोटामा नियुक्त भएकाले पद छाड्न अटेर गर्न थालेपछि सरकारले हटाउन तयारी थालेको हो ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउन सरकारले तयारी सुरु गरेको हो ।उनीहरूलाई हटाउँदा अदालतको सहारा लिने सम्भावना देखिएपछि स्पष्टीकरण सोधेर हटाउने गरी सरकारले
नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनको तयारी सुरु भएको छ । सम्मेलनको तयारी सँगै संगठनको नेतृत्वका लागि विद्यार्थी नेताबीच प्रतिष्पर्धा हुने देखिएको छ । आगामी असोज १४ गतेदेखि १६ गतेसम्म काठमाण्डौमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएपछि अध्यक्षका आकाङ्क्षीबीच प्रतिष्पर्धा हुने देखिएको हो ।अध्यक्षका लागि सङ्गठनका करिव आधा दर्जन विद्यार्थी नेता आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि सम्मेलन एक साता पछि समेत सारिएको थियो । तर पनि सर्वसम्मति हुने सम्भावना नदेखिएपछि अध्यक्षको दौडमा रहेका नेताले पार्टीका शीर्ष नेतालाई आफ्नो पक्षमा पार्न कस
काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ”पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गरे। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहेका उनले भने, “पूर्ण समानुपातिक
काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसङ्घबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । आजै मन्त
A- A A+ काठमाडौँ //दल विभाजनसम्बन्धी अध्यादेश खारेजको माग गर्दै सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको हो । सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश खारेजीको राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको बताइएको छ। प्रधानमन्त्री देउवाले भोलि नै सरकारलाई पूर्णता दिनेगरि छलफलसमेत अघि बढाएको बताइएको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.