राजनीति

    Showing 5,661-5,670 of 9,630 items.
  • यी हुन् एमालेबाट मन्त्री बन्ने

    काठमाडौं– नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नामावली नेकपा एमालेले टुंङ्ग्याएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।यसैगरी, मानवीर राई रक्षा, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 453 पटक पढिएको
  • केपी ओली र विद्या भण्डारीबीच भेट, बधाई आदानप्रदान

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच  भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली भण्डारीलाई भेटन् आइतबार भण्डारी निवास चपली पुगेका थिए । ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएको भण्डारीको सचिवालयले जनाएको छ । भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 429 पटक पढिएको
  • प्रधानमन्त्री बनेलगत्तै ‌ओलीले भने : सबैमा सम्मान, सबैलाई धन्यवाद

    काठमाडौँ- प्रधानमन्त्री बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  त्यसलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– सबैमा सम्मान, सबैलाई धन्यवाद । 

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 187 पटक पढिएको
  • केपी ओली प्रधामन्त्रीमा नियुक्त

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 228 पटक पढिएको
  • को-को हुन् योगेश्वर अमात्यको जग्गा कीर्ति गर्ने व्यक्ति?

    काठमाडौं- गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ ।विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४-४ वर्ष, २ जनालाई २-२ वर्ष र ४ जनालाई १-१ वर्ष जेल सजाय गरेको हो। उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो। अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहा

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 188 पटक पढिएको
  • कांग्रेस-एमालेबीच मिल्यो मन्त्रालयको भागबन्डा, कुन कसकोमा [सूचीसहित]

    काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय भागबन्डा टुङ्गो लगाएका छन्।  दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने गरी सहमति बनेको हो। जसअनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ।  त्यस्तै, कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय परेका छन्। कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलमा आन्तरिक गृहकार्य चलिरहेको छ।एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रे

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 213 पटक पढिएको
  • आज प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुँदै

    काठमाण्डौ  । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै छन्।प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाइ प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।यसपटक ओलीलाई चौथो पटक प्रधानमन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 368 पटक पढिएको
  • लोसपाको मन्त्री छान्ने जिम्मा महन्थ ठाकुरलाई

    काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ।पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए। सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ। बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए। रासस

    • प्रकाशित मितिः असार २९, २०८१
    • 221 पटक पढिएको
  • राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण : राप्रपा महामन्त्री धवलशमसेर राणा

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन्। राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरुको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिएका छन् ।‘पूर्वसुरक्षाकर्मीहरु देशका खम्बा हुन् । यही यथार्थलाई मनन् गर्दै पार्टीले संचालन गरेको आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरुको सक्रिय र सिर्जनशील योगदान हामीले आश गरेका छौं। विकृति र विसंगति अन्त्य गरेर देश र समाजलाई सही बाटोमा ल्याउन राप्रपाले आन्दोलन जारी राखेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाव प्रमुख राणाले श

    • प्रकाशित मितिः असार २९, २०८१
    • 347 पटक पढिएको
  • कांग्रेसबाट प्रकाशमान र आरजु 'फिक्स', लेखक गृहमन्त्री बन्ने निश्चित

    काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्री छान्न नेपाली कांग्रेसले औपचारिकरूपमा थालेको छ।  आज नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमार्फत औपचारिकरूपमा मन्त्रीको लिष्ट थालेको हो। तर बैठक अघि नै कांग्रेसबाट सहभागी हुने मन्त्रीको टुंगो लागेको छ। ती टुंगो लागेका मन्त्रीहरू सभापति शेरबहादुर देउवा निकटस्थ र घरभित्रका रहेका छन्। हालसम्म कांग्रेसबाट प्रकाशमान सिंह सरकारमा जाने लगभग सहमति छ। सिंहले कांग्रेसको तर्फबाट क्याबिनेटबाट नेतृत्व गर्नेछन्। उनी उपप्रधानमन्त्रीसहित दोस्रोे वरीयतामा रहनेछन्। देउवा खेवाबाट हुने मन्त्री टुंगिएको बताइन्छ। तर उनले सबै मन्त्रीको नाम खोल

    • प्रकाशित मितिः असार २९, २०८१
    • 319 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.