बिर्तामोड / मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको गठबन्धनका एक नेताले बताएका छन् ।मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ। गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हालिरहेका छन् ।
बिर्तामोड / नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा नै पराजित भएका छन् । मंगलबार सिन्धुपाल्चोकमा भएको वडा अधिवेशनमा उनी पराजित भएका हुन् । तिमिल्सिना कृष्णप्रसाद सिटौलानिकट मान्छिन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा –३ का तिमिल्सिनाले ७७ मतमात्र पाएका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए ।यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङस पनि वडामै हारेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वड
बिर्तामोड / कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (वुधबार) परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्।सत्तारुढ गठबन्धनको मङ्गलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। आज राति साढे ८ बजे डा. खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वक
काठमाडौँ / परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयले समय तोक्ने भएको छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।
काठमाडौँ / प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिएका छन् ।मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनक
बिर्तामोड / सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ जना सांसदको पद खारेजीको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज मङ्लबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले विपक्षी निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटाले गरेका निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ ।तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएरका १४ सांसदलाई सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । सो निर्णय कार्यान्वयन गराउन एमालेले गत
बिर्तामोड / काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफ्नो एकल निर्णयबाट सरकारी रकम जथाभावी खर्च गर्ने गरेको पाइएको छ । मेयर शाक्यले मनोमानी रुपमा आफू निकट व्यक्ति तथा संस्थाहरूलाई एकल निर्णयमा सरकारी रकम जथाभावी खर्च गरेको पाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने शाक्यले स्वर्गीय मदन भण्डारीको नाममा स्थापित (एनजिओ) मदन भण्डारी फाउन्डेसनलाई निजी भवन बनाउन आवश्यक जग्गा खरिदका लागि करोडौँ रुपैयाँ रकम वितरण गरेको खुलेको हो । शाक्यले २०७६ साउन २१ गते मदन भण्डारी फाउन्डेसनलाई अनामनगर क्षेत्रमा ३ आना देखि ४ आना र १० आना ३ पैसा दाम क्षेत्रफलका ३ टुक्रा
काठमाडौँ / राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाएका छन् । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।
चितवन / वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललाई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिएकी छन् । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ रहेको छ । मुख्यमन्त्री शाक्यले भनिन्,“सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या
काभ्रेपलाञ्चोक / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा प्रेम शर्मा वाग्ले छन् । पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिएका छन् । उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन् । जिल्लामा तेह्र पालिका छन् । आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ । पार्टीको के
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.