राजनीति

    Showing 5,711-5,720 of 10,437 items.
  • प्रधानमन्त्री ओली भन्छन् कसैले भन्दैमा राजतन्त्र फर्किदैन

    काठमाडौं—  नेकपा (एमाले) का प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजतन्त्र नफर्कने बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरुको खुट्टि देखिसकेको टिप्पणी गरे। राजतन्त्र फर्काउने भन्दै राजावादीहरु कसरतमा छन्। उनीहरुले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली गरेका थिए। 

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 326 पटक पढिएको
  • राष्ट्रिय सभामा ३४ दिनपछि पाँच वटा अध्यादेश पेस हुँदै

     काठमाडौं—  राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले आज पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ।संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ।  सरकारले माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा छ वटा अध्यादेश पेस गरेकोमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बाहेकका पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको हो। सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले दलका नेता तथा सचेतकहरूसँग छलफलका आधारमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरिएको जानकारी दिए। राष्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 276 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रि यसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 283 पटक पढिएको
  • बहुमतले निजीकरण अध्यादेश पनि स्वीकृत

     काठमाडौं— प्रतिनिधिसभाबाट निजीकरण अध्यादेश पनि पारित भएको छ। बुधबारको बैठकबाट बहुमतले उक्त अध्यादेश स्वीकृत गरेको हो। संसद् अधिवेशनको मुखैमा सरकारले ल्याएका ६ मध्ये बुधबार ५ पाँच अध्यादेश स्वीकृत हुने क्रम चलिरहेको छ। पाँचमध्ये निजीकरणसहित ३ अध्यादेश स्वीकृत भइसकेका छन् भने अन्यबारे प्रस्ताव र छलफल चलिरहेको छ।  निजीकरण अध्यादेशमा विपक्षी दलका ७ सांसदले विरोधको सूचना दर्ता गएकामा माओवादी सांसद माधव सापकोटाको सूचना कायम भएको थियो। अस्वीकृत होस् भन्ने उनको प्रस्तावमा बहुमत नपुगेपछि अध्यादेश बहुमतले स्वीकृत गरेको हो। 

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 384 पटक पढिएको
  • प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भयो सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश

    काठमाडौं— सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर राखेका प्रस्ताव अस्वीकृत भएपछि अध्यादेशलाई निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो। जसलाई बहुमतले स्वीकृत गरेको हो।त्यसअघि अस्वीकृतिका लागि राखिएको प्रस्तावमा  विपक्षी दलका नेताहरूले धारणा राखेका थिए । जसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत राप्रपा, रास्वपा, नेमकपा र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए। त्यसपछि त्यसमाथि उठेको प्रश्नमा सञ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 581 पटक पढिएको
  • कुलमान घिसिङलाई जबरजस्ती हटाए आन्दोलन गर्ने शाहीको चेतावनी

    काठमाडौं— राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लङ्घन हुने गरेको बताए ।  उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए ।उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 525 पटक पढिएको
  • आयोगद्वारा समयमै प्रतिवेदन नबुझाउने दललाई कारबाही गर्ने

     काठमाडौं— लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाइपछि ३२ दललाई निर्वाचन आयोगले कार्वाही गर्ने भएको छ । निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरुमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन्। लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाउने ती दलहरुलाई आयोगले काराबाही गर्ने तयारी गरेको आयोगकी प्रवक्ता निता पौडेल अर्यालले जानकारी दिइन्। दलहरुले  प्रतिवेदन समयमै बुझाउनुपर्नेमा ३२ ओटाले अहिलेसम्म नबुझाएको प्रवक्ता अर्यालले बताइन्। उनका अनुसार अहिलेसम्म कांग्रेस, एमाले, माओवादी सहितका ८९ दलले मात्रै विवरण बुझाएको छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरुले आयव्ययसहितको अडि

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 341 पटक पढिएको
  • ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद प्रवेशमा रोक

    काठमाडौं— संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास नै निलम्बन गरेको हो ।केहि दिन अघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ । संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 552 पटक पढिएको
  • एजेण्डामा प्रवेश नगरेपछि माओवादीको पदाधिकारीको बैठक प्रभावित

    काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक एजेण्डामा प्रवेश नगरी सकिएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि विपक्षी दलहरूको बैठक बोलाएकोले कुनै एजेण्डामा छलफल नभएको सचिव गणेश साहले जानकारी दिए ।उनका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेछ। अध्यक्षले विपक्षी दलहरूको बैठक बोलाएका कारण एजेण्डामा प्रवेश गर्न नसकेको उनले बताए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो बस्ने उनको भनाइ छ। पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिक, सुदूरपश्चिम माओवादी संसदीय दलको विवादलगायत विषयमा छ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 403 पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङ भन्छन् माओवादीहरुले जनयुद्ध बेचेर खाए

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए । उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताए । गुरुङले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताए । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकु

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.