राजनीति

    Showing 5,721-5,730 of 10,437 items.
  • एमाले निकट मानवअधिकार एलाइन्सको अधिवेशन आज शुरु

    काठमाडौं— नेकपा एमाले निकट मानवअधिकार एलाइन्सको छैटौँ महाधिवेशन आज (बुधबार) देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको एलाइन्सका इन्चार्ज विष्णु रिजालले जानकारी दिए । बिहीबारसम्म चल्ने अधिवेशनमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका नागरिक संस्थाहरू र सामुदायिक संगठनकासाथै ४ सय प्रतिनिधिहरू सहभागी हुने रिजालको भनाइ छ । संगठनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एलाइन्स नेकपा एमालेका २३ जनसंगठनमध्येको एक रहेको एमालेले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 270 पटक पढिएको
  • मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै

    काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 395 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश स्वीकृतिका निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ ।बैठकमा सांसद भानुभक्त जोशीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने छन् ।बैठकमा प्रधान

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 358 पटक पढिएको
  • परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार (रेस्क्यु) गर्नेजस्तो मात्र भएको बताएकी छन् ।नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनिन्, ‘अहिले विदेशमा नेपालीहरु यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरुको उद्धार गर्नेजस्तो मात्र भएको छ ।’मन्त्री डा राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी दिइ

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 389 पटक पढिएको
  • भुमि सम्बन्धि अध्यादेश पेचिलो बन्दै, सांसदहरुबिच मत विभाजन

    काठमाडौं । नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भुमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् ।मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले भुमि सम्बन्धि अध्यादेशलाई प्रतिस्थापन विधेयकबारे बसेर छलफल गर्ने काम भइरको बताएका छन् ।  उनले भने,‘ भुमि सम्बन्धि अध्यादेश संविधान र विद्यमान कानूनी प्रवद्र्धन बमोजिम अधिवेशन आव्हान भएको पहिलो बैठकमा नै पेस गरिएको थियो । त्यसलाई निर्णयार्थ पेस गर्न बाँकी थियो । हामीले ६ वटै अध्यादेशलाई एकैपटक लान खोजेका थियौ । तर सत्ता साझेदारी दलहरुकैबीचमा केही फरक विचारहरु आए

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 230 पटक पढिएको
  • बुधबारको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमाले र कांग्रेसको निर्देशन

    काठमाडौं— सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले भोलि (बुधबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।सांसदहरुलाई संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । बैठक भोलि दिउँसो १ बजे बस्नने छ ।अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन एमाले र कांग्रेसले सांसदहरुलाई ह्विप जारी गरेको हो ।त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 340 पटक पढिएको
  • प्रचण्ड भन्छन् सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ

    काठमाडौं— पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यसो भनेका हुन् । उनले भने, ‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरू गरेको थिएँ, छुट्टै ऐनबिना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैँन। यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ।’काठमाडौंमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यव

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 351 पटक पढिएको
  • सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड

    नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे । उनले भने,‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 191 पटक पढिएको
  • नेमकिपाको नयाँ नेतृत्व चयन गर्दै

    काठमाडौं— नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशनबाट मंगलबार नयाँ नेतृत्व चयन हुँदैछ। सोमबार पार्टी नेतृत्व चुन्ने पूर्व निर्धारित कार्यतालिका रहे पनि विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले मंगलबार (आज) मात्रै चयन हुन लागेको केन्द्रीय सदस्य सरोजराज गोसाईँले जानकारी दिए। सर्वसम्मत नेतृत्व चयन हुने र संस्थापक अध्यक्ष नारायाणमान बिजुक्छे रोहित नै सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देखिएको गोसाँई बताउँछन्। स्रोतका अनुसार बिजुक्छेको विकल्पमा अघि सर्न कोही पनि तयार देखिएका छैनन्। २०३१ साल माघ १० गते स्थापना भएको पार्टीमा बिजुक्छे स्थापनाकालदेखि निरन्तर अध्यक्ष हुनुहुन्छ । उहाँ

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 172 पटक पढिएको
  • यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ’, उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 286 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.