काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने तथा गोली हान्ने धम्की आइरहेको भन्दै प्रतिनिधिसभामै गम्भीर ध्यानाकर्षण गराएका छन्।मंगलबार संसद बैठकमा बोल्दै महरले आफूले सरकारका कामकारबाहीमाथि रचनात्मक आलोचना गरेकै कारण केही व्यक्तिबाट निरन्तर धम्की आएको दाबी गरे। उनले जनताले दिएको जिम्मेवारीअनुसार संसदमा गुण–दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्ने अधिकार आफूलाई रहेको उल्लेख गरे।महरका अनुसार फेसबुकमा गरिएको एक पोस्टको टिप्पणीमै आफूलाई ‘गोली हानेर मार्ने’ चेतावनी दिइएको छ। धम्की दिने व्यक्तिले आफ्नो नाम र ठेगाना समेत उल्लेख गरेको उनले संसदलाई
काठमाडौं । बहुचर्चित रातो पासपोर्ट दुरुपयोग प्रकरणमा उच्च अदालत पाटनले संविधानसभाका तीन पूर्वसदस्यविरुद्ध जिल्ला अदालतले सुनाएको कैद र जरिबानाको फैसला सदर गरेको छ।उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीत कसुरमा दोषी ठहर गर्दै जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबाना हुने जिल्ला अदालतको फैसला यथावत् राखेको हो।प्रहरी अनुसन्धानअनुसार उनीहरूले संविधानसभा सदस्यका रूपमा प्राप्त विशिष्ट कूटनीतिक ९रातो० पासपोर्ट आर्थिक लाभका लागि बिचौलियालाई उपलब्ध गराएका थिए। त्यसपछि पासपोर्टमा रहेका वास्तव
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमित प्रशासनिक एजेन्डासँगै संसद्को जारी बजेट अधिवेशन अन्त्य गर्ने विषय पनि बैठकको मुख्य कार्यसूचीमा पर्ने सम्भावना रहेको छ।सरकार स्रोतका अनुसार बैठकमा मन्त्रालयगत नियमित निर्णय, समसामयिक प्रशासनिक विषय तथा आगामी सरकारी कार्ययोजनाबारे पनि छलफल हुनेछ। साथै, संसद्को बजेट अधिवेशन समापन गर्ने प्रस्तावमाथि समेत मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने बताइएको छ।पछिल्लो राजनीतिक गतिविधि र संसद्को विकसित परिस्थितिबीच बस्न लागेको यो मन्त्रिपरिषद् बैठकलाई सरकारका आगामी कदम तय गर्ने महत्वपूर्ण बैठकका
काठमाडौं। सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको ‘एकद्वार नीति’ सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतको यो आदेशसँगै सरकारी विज्ञापन एउटै प्रणालीमार्फत वितरण गर्ने सरकारको निर्णय बदर भएको छ।मंगलबार न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश जारी गरेको हो। यससँगै सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारले अघि सारेको व्यवस्था कानुनी रूपमा निष्क्रिय बनेको छ।सरकारले सबै सरकारी निकायका विज्ञापन एउटै संयन्त्रबाट प्रकाशन–प्रसारण गर्ने नीति लागू गरेको थियो। तर उक्त व्यवस्थाले प्रेस स्वतन्त्रता, निष्पक्ष प्रतिस्पर्धा र सञ्चारमाध्यमको व्यावसायिक स्व
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समिक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।संसद् आउँदै गर्दा एक आमाले दिएको चिरकट्टो सुनाउँदै भनिन्, ‘तन जलेको कुरा मात्र हुन्छन्, मन जलेका कुरा कहाँ भयो र खोईरु तन पछि मात्र जलेको हो हजुर, पहिला जल्ने त मन नै हुन्छ।’बास्कोटाले नागरिकको ज्
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सक्रिय भएसँगै बढ्दो बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सरकारलाई विपद् पूर्वतयारी प्रभावकारी बनाउन आग्रह गरेका छन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि राहत, उद्धार र आपत्कालीन व्यवस्थापनलाई चुस्त बनाउन तथा वर्षायाममा सुरक्षित सवारी आवागमन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।सभामुख अर्यालले विपद् आउनुअघि नै आवश्यक तयारी, उद्धार संयन्त्रको परिचालन र नागरिकको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गरे । सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् ।‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएको छ । बढ्दै गएको आत्मादहाको प्रयासका घटनाहरूले नागरीको मानसीक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गर्दिएको छ,’ उनले भनिन् । नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने प्रश्न गर्दै उनले कानुन निर
काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदा कुमारी बरालले संसद्मा प्रधानमन्त्री बालेन शाहको छोटो उपस्थितिप्रति असन्तुष्टि जनाएकी छन्। लामो समयपछि प्रधानमन्त्री संसद्मा आएको देखेर जनताका प्रश्नको जवाफ दिने अपेक्षा गरे पनि केहीबेरमै बाहिरिएको भन्दै उनले आपत्ति जनाइन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै बरालले भनिन्,प्रधानमन्त्रीज्यू आउनुभएको देखेर अब सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ भन्ने आशा लागेको थियो। तर उहाँ हाम्रो कुरा दुई मिनेट पनि नसुनी बाहिरिनुभयो, भनिन्।उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिपछि प्रधानमन्त्री संसद्मा उपस्थित भए पनि सांसदका जिज्ञासाको सामना नगरेको आरोप लगाइन्।बरालले ग
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन्,’ उनले भने, ‘यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.