राजनीति

    Showing 5,941-5,950 of 10,441 items.
  • एमाले पार्टी कार्यालय निर्माण: अदालतको निर्णयको पर्खाइ

    काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गाबारेको प्रक्रियामा सर्वोच्च अदालतको आदेशको प्रतीक्षा गरिरहेको छ । अदालतले दुवै पक्षलाई कात्तिक २६ गते छलफलमा उपस्थित हुन भनेको छ ।एमाले कानुन विभाग प्रमुख धर्मराज रेग्मीले यस छलफलको नतिजा अनुसार थप प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले जग्गाको हक हस्तान्तरण प्रक्रिया अघि बढाउन आदेश दिएको छ, तर कात्तिक २६ गतेको छलफलसम्म प्रक्रिया रोक्न पनि भनेको छ । यदि आदेश खारेज भएमा जग्गाको स्वामित्व हस्तान्तरण अघि बढ्नेछ।व्यवसायी मीनबहादुर गुरुङले जग्गादानको घोषणा गरेसँगै कीर्त

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 457 पटक पढिएको
  • गृहमन्त्री लेखकसँग रास्वपा उपसभापति अर्यालको भेट

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकसँग सोमबार साँझ मन्त्रालयमा भेट गरेका छन् । उक्त भेटमा रास्वपाले मंगलबार बालुवाटारमा आयोजना गर्ने विरोध प्रदर्शनको बारेमा छलफल भएको छ ।अर्यालले गृहमन्त्रीलाई शान्तिसुरक्षाको ध्यान दिन आग्रह गर्दै प्रदर्शन शान्तिपूर्ण हुने जानकारी गराएका छन् । साथै, लेखकलाई कार्यकालको शुभकामना पनि दिए । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेको पक्राउपछि रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।  

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 559 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, एजेन्डा के छन् ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएको अनुसार, सोमबारको नियमित बैठक हिजो प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आजका लागि सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री मंसिरको पहिलो साता चीन भ्रमणमा जानको लागि तयारीमा छन्, र यस विषयमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत तयारी सुरु गरेको छ ।यसैगरी, बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा पनि छलफल हुनेछ । गत कात्तिक ८ गते घिसिङले डेडिकेटेड टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगलाई क

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 572 पटक पढिएको
  • रास्वपाद्वारा बालुवाटारमा वृहत् विरोध प्रदर्शनको तयारी

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ गरिएको विरोधमा रास्वपाको आन्दोलन आज बालुवाटारमा केन्द्रित भएको हो।रास्वपाले मध्याह्न १२ बजे बालुवाटारमा भेला भएर राजनीतिक प्रतिशोध र अधिनायकवादविरुद्ध वृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले कार्यकर्ता र समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै अधिनायकवादी दुई तिहाइ सरकारको प्रतिशोधपूर्ण गतिविधि विरुद्ध आवाज उठाउने बताएका छन्।सभापति लामिछानेलाई कात्तिक २ गते सहकारी ठगी आरोपमा पक्राउ गर

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 761 पटक पढिएको
  • सहकारी प्रकरण : गुरुङमाथि कारबाही गर्न महामन्त्री थापाको आग्रह

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका कुनै पनि पार्टीका व्यक्तिहरूलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । उनले दोषी ठहरिएका व्यक्तिहरूमा आफ्नै पार्टीका उपसभापति धनराज गुरुङ भए उनीमाथि पनि कारबाही गर्नुपर्ने उनको भनाई रहेको थियो । आज राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले यस्तो बताएका हुन् । उनले गुरुङको संलग्नता सन्दर्भमा थप अनुसन्धान गर्नुपर्ने भन्दै दोषी देखिए अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए । देशमा कोही पनि कानुनभन्दा माथि नभएको भन्दै उनले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलको नामसमेत लिँदै अनुसन्धानको माग गर

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 403 पटक पढिएको
  • नेकपा एस उपनिर्वाचनमा एक्लो प्रतिस्पर्धी : अध्यक्ष नेपाल

    काठमाडौं– आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि पार्टीले पाँच दलीय गठबन्धनसँग मिलेर चुनावमा जाने निर्णय गरेको थियो, तर यसपटक समाजवादी मोर्चामा आवद्ध भए पनि एक्लै जाने निर्णय लिएको छ ।समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले केही ठाउँमा उम्मेदवार तय भइसकेको र बाँकी ठाउँमा पनि तयारी भइरहेको जानकारी दिए । नेपालले देशको राजनीतिक समीकरण अनिश्चित भएको र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित रहेको बताए । सहकारी घोटालामा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दो

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 580 पटक पढिएको
  • सभापति देउवाद्धारा विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको यस विभागमा विधानअनुसार सदस्य मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।नवनियुक्त सदस्यहरूमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल), र प्रह्लादकुमार कामत रहेका छन्।

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 332 पटक पढिएको
  • राज्य व्यवस्था समितिमा प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल

    काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ। समिति सभापति रामहरि खतिवडाका अनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्ने विधेयकका सम्बन्धमा छलफल हुनेछ। सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीलाई छलफलका लागि बोलाइएको हो।बैठक सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज मध्यान्ह सवा १२ बजे सुरु हुने तय भएको छ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 549 पटक पढिएको
  • यो आन्दोलन सरकार ढाल्न होइन, अर्को क्रान्तिको आँट छ : प्रचण्ड

    काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफूले सरकार ढाल्ने उद्देश्यले आन्दोलन नगरेको स्पष्ट पारेका छन् । उनले माओवादीले सरकार फेर्न हतार गरेको छ भन्ने भ्रम त्याग्न आग्रह गरे । प्रचण्डका अनुसार माओवादीले कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेको हो र उनीहरूलाई पुँजीपति र भ्रष्टहरुको प्रतिनिधि भनेका हुन् । उनले थपे कि अब आफूहरू प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै सरकारमा आउने होइनन्, ढुक्कसँग सरकार चलाउन सरकारले माओवादीबाट कुनै टेन्सन लिनुपर्ने आवश्यकता छैन ।उनले जनताबाट माओवादी कटिन थालेको र त्यसका कारण जनतासँग पुन: जोडिन समयमै बाहिरिन

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 521 पटक पढिएको
  • आज माओवादीको खबरदारी सभा, अन्य समूहको प्रदर्शन

    काठमाडौं– शनिवार काठमाडौँमा नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’को आयोजना गरिरहेको छ। माओवादी कार्यकर्ताहरू बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा, र काठमाडौं मल अगाडि भेला भई रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन्। भृकुटीमण्डपस्थित सभास्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन कार्यक्रम रहेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई झुठा मुद्दामा फसाएको विरोधमा त्रिवि गेट, कीर्तिपुरमा प्रदर्शन गर्दैछ। पार्टीले पोखरा र भरतपुर चितवनमा पनि प्रदर्शन कार्यक्रम राखेको छ।आज, राजाव

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 425 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.