राजनीति

    Showing 6,291-6,300 of 10,441 items.
  • बैठकमा आरजुको सुझाव : महिलालाई ३३ प्रतिशत लड्न अनिवार्य गरौँ

    काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी छन्।नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–२०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरेकी हुन्।डा राणाले भनिन्, ‘समावेशिताका विषयमा मैले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 310 पटक पढिएको
  • कुलमानमाथि लाञ्छना लाएकोमा माओवादीको आपत्ति

    काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।शुक्रबारबाट काठमाडौँको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रबन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो । भ्रष्टाचार विरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले हवाई र बस दुर्घटनामा परेकाहरूलाई उचित राहतको आवश्यक व्

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 409 पटक पढिएको
  • पदाधिकारी सकेर सुरु भयो माओवादीको स्थायी समिति बैठक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट स्थायी समिति बैठक जारी छ। स्थायी समिति बैठकअघि पदाधिकारी बैठक बसेको थियो। झण्डै ४ घण्टासम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीका नेताहरूसँग छलफल गरेका थिए।  पदाधिकारी बैठक स्थायी समितिका एजेन्डा तय गरेको एक सदस्यले जानकारी दिए।माओवादीले पार्टी संगठनहरू क्रियाशिल बनाउने भन्दै पछिल्लो दिन बैठकहरू तिव्र बनाएको छ। 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 355 पटक पढिएको
  • अध्यादेश ल्याएपछि सुदूरपश्चिमका प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभा

    काठमाडौँ-  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् ।प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१०बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ ।अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 416 पटक पढिएको
  • मधेशका मुख्यमन्त्रीप्रति उनकै पार्टीको असन्तुष्टि,सोध्यो स्पष्टीकरण

    काठमाडौँ-  जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।  जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको प्रवक्ता यादवको भनाइ छ । उनले भने, ‘खासगरी मन्त्रीमण्डल

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 382 पटक पढिएको
  • प्रधानमन्त्रीले चिकित्सकलाई भने : हामी थप सुविधा दिन तयार छौँ, तर अस्पतालमा बिरामी लाइन लाग्ने क्रम हट्नुपर्यो

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाम लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन्।स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र झन्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका छन्।प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरेका छन्। बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीम

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 345 पटक पढिएको
  • टिआरसी विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्ने व्यवस्था मिलाउन सभामुखलाई पत्र

    काठमाडौं- कानून न्याय तथा मानव अधिकार समितिले टीआरसी विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेका हुन्। 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 340 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

    काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । यसअघि हिजोको बैठकमा ११ प्रस्तावमाथि छलफल सुरु भएको थियो । आज पनि ती प्रस्तावमाथि छलफल जारी रहने जनाइएको छ ।  बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रस्तावमाथि पनि चर्चा हुनेछ ।साथै, महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सङ्गठनिक अभियान (भदौ १५–मंसिर २५), अनुशासनको कारवाहीका लागि सिफारिस, रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ र शुभेच्छ

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 373 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्न लागेको हो । यो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणका विषयमा चर्चा हुने छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताए । त्यसअघि आज बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ, जहाँ स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गरिनेछ । 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 481 पटक पढिएको
  • शिक्षामन्त्रीलाई ओलीले भने : एसईईमा ७० प्रतिशत उत्तीर्ण गराउने लक्ष्यमा काम गर्नू

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गरे।‘जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगविहीन हुन्छ र रोजगारी पनि नपाउने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसैले सीपमूलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु। उच्च आचरणयुक

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.