काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट स्थायी समिति बैठक जारी छ। 

स्थायी समिति बैठकअघि पदाधिकारी बैठक बसेको थियो। झण्डै ४ घण्टासम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीका नेताहरूसँग छलफल गरेका थिए।  पदाधिकारी बैठक स्थायी समितिका एजेन्डा तय गरेको एक सदस्यले जानकारी दिए।


माओवादीले पार्टी संगठनहरू क्रियाशिल बनाउने भन्दै पछिल्लो दिन बैठकहरू तिव्र बनाएको छ।