वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताए । उनले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए । मुख्यमन्त्री पौडेलले नीति तथा कार्
काठमाडौँ / सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुुरुप आफूूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन आह्वान
रुपन्देही / सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गरेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीम
काठमाडौँ / सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय भएको हुनाले दर्ता गर्न अस्वीकार गरिएको हो । जसपा प
वुटवल / लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन सांसदले राजीनामा दिएका छन् । शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्। आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले जानकारी दिए ।अन्य दुई सांसदले राजीनामा दिने बताएका छन् । तर, दिएका छैनन् । तर, उनीहरुले शंकर पोखरेललाई सहयोग नगरी विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरिसकेका छन् ।पोखरेल प्रदेश सभामा
काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सिसिएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क
काठमाडौं / एमाले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको तयारीमा छ । यसैबेला लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् । सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनमा पोखरेल लागेका छन् ।
काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आइतबार नै पुनः सपथ ग्रहण गराउने तयारी भएको छ । उनले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले मुख्यमन्त्रीको उम्मेद्वारमा पोखरेललाई नै बनाउने निर्णय गरेसँगै आजै मुख्यमन्त्रीमा सपथ गराउन लागिएको एक नेताले बताए । नयाँ सरकार गठनका लागि आजै प्रदेश प्रमुखले आह्वान गर्दैछ । एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी गरिएको हो । एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनको प्रयास थालेको छ ।लुम्बिनी एमालेको संसदीय दलका नेता पोखरेलको नेतृ
काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनमा दिएपछि जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अन्योलमा परेका छन् ।उनीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । मुख्यमन्त्री पोखरेलले आइतबार अकस्मात राजीनामा दिएपछि जसपाका बागीहरुको मन्त्री पद एक साता पनि टिक्न सकेन ।जसपा नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारीसमेत गरेका थिए ।जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट
काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको हुन् ।आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुन एक दिनअघि उनले आइतबार बिहान राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले आफूले राजीनामा दिएको उनले बताएका छन् । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।लुम्बि
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.