राजनीति

    Showing 6,571-6,580 of 7,775 items.
  • प्रतिनिधिसभाको आजको बैठक १२ मिनेटमै सकियो

    बिर्तामोड / प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण बिहीबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । २ बजे सुरु भएको बैठकमा एमालेले अवरोध र नाराबाजी गरेपछि १२ मिनेट बसेर कात्तिक २९ गते सम्मलाई स्थगित गरिएको हो । सभामुख सापकोटाले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरे पनि एमालेका सांसदहरुले अवरोध गरिरहेका छन् ।आज पनि एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको आसन अगाडि पुगेर गैर सांसदलाई संसद्मा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका थिए ।एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्री

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 84 पटक पढिएको
  • सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालमा भर्ना

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 98 पटक पढिएको
  • देउवा नेतृत्वको सरकारपछि सीसीएमसीको पहिलो बैठक,३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो डोज

    काठमाडौँ / गत असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पहिलो बैठक बिहीबार बिहान बसेको छ । उक्त बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। उनले खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए।‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ,’ उनले भने, ‘सबैलाई निस्शुल्क खोप लगाउने हो। अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ।’अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहि

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 85 पटक पढिएको
  • अर्ली इलेक्सन हुँदैन, प्रतिनिधिसभाको उपचुनाव हुन्छ : अध्यक्ष नेपाल

    धनगढी / नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताएका छन् ।अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भने, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौँ ।एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले हिजो एमालेले

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 106 पटक पढिएको
  • अमेरिकाका नेपाली राजदूत डा. खतिवडा नेपाल फर्किए

    काठमाडौँ / सरकार परिवर्तन भएपछि अमेरिकाका लागि १८औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल आएका छन् । डा. खतिवडा हिजो (बुधबार) नेपाल आएका हुन् । पूर्वमन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा काम गरेका थिए ।एक वर्ष भन्दा एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि बुधबार उनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 104 पटक पढिएको
  • चार बजे एमाले स्थायी कमिटि बैठक बस्दै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिएका छन् ।राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने उनले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 98 पटक पढिएको
  • पूर्वन्यायाधीश लम्सालको निधन

    बिर्तामोड / सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको आज बिहान निधन भएको छ । लम्सालको उपचारको क्रममा ८४ वर्षको उमेरमा चावहिलको मेडिकेयर अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 97 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै

    काठमाडौं /  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।  ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलनमा सहभागी हुने क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता हुने भएको हो । प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दैछन् । सम्मेलनका क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता तय भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 92 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज दिउँसो २ बजे बस्दै

    बिर्तामोड  / प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।यसअघि प्रतिनिधि सभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि अवरोध गर्दै आएको छ । आज पनि एमालेको अवरोध कायमै रहनेछ ।पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 87 पटक पढिएको
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै

    मकवानपुर / आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि गठबन्धनका तर्फबाट समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरूको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 89 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा