राजनीति

    Showing 6,591-6,600 of 7,775 items.
  • विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास सुरु

    काठमाडौं  / सरकारले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास थालेको छ । विगतको अनुभव र हाल कार्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन पहल थालिएको गृहमन्त्रालयले जनाएको छ । उक्त विषयमा मन्त्रालयले आज  विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि परामर्श बैठक सम्पन्न गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट राज्य पछि हट्नै नसक्ने बताएका हुन्। उनले आवश्यकताका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको उल्लेख गर्दै त्यस्ता संरचना नेपालको आवश्यकताअनुसार निर्माण ग

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 76 पटक पढिएको
  • विभाजनले असर गरेको छैन : ज्ञवाली

    गुल्मी / नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । पार्टीका केन्द्रीय कमिटीबाट  २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको बताए । 

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 75 पटक पढिएको
  • संकटमा न्यायालय : चोलेन्द्र जोगाउने कोशिसमा राजनितिक दल

     राजनीतिक दलसँगको मिलेमतोमा सर्वोच्च अदालतबाट फैसला दिएर अनुचित लाभ लिने गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन ठूला राजनीतिक दलले कोसिस थालेका छन् । आफू अनुकुल फैसला नहुँदा विरोध गर्ने गरेका सत्तारुढ दल र  प्रमुख प्रतिपक्षी दल एमालेले पनि चोलेन्द्रमाथि कारवाहीको चौतर्फी दवाव भइरहको समयमा पनि मौनता साँधेर उनलाई जोगाउने कोसिस गरिरहेका छन् ।सिंगो न्यायक्षेत्र र अदालतकै बहालवाला न्यायाधीश समेत चोलेन्द्र विरुद्ध आन्दोलनमा उत्रिँदा समेत राजनीतिक दलले साँधेको मौनताले मिलेमतोमा अदालतबाट फैसला हुने गरेको भनेर लाग्दै आएको आरोपलाई पुष्टि गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 76 पटक पढिएको
  • परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एक जनाको राजीनामा माग्‍नु हुन्छ ?

    बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजिनामा दिनु पर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।पाँच जना न्यायाधीशहरू मिलेर परमादेश जारी गरेकाले पाँचै जना न्यायाधीशले पदबाट राजिनामा दिनुपर्ने ओलीले बताए । ओलीले भने, –‘एक जनाले मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको हो । एक जनाले मात्रै किन राजीनामा गर्नु ? पाँचै जनाले राजिनामा दिनु पर्छ ।’उनले पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 106 पटक पढिएको
  • गरिबी निवारणका लागि योजना बनाएर काम हुन्छ : मन्त्री श्रेष्ठ

    चितवन / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।उनले भनिन्, “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा  उनले सुकुम्बासी समस्या समाधान संविधान अनुरूप गरिने जानक

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 83 पटक पढिएको
  • ‘जनादेश रोक्नु हत्केलाले सूर्य छेके जस्तै हो’

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ओलीले पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए ।ओलीले भने –‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेके जस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौँ । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ ।’ उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताउँदै ओलीले भने, –‘विगतमा हाम्रो विरुद्ध षड्यन्त्र हुँदा पनि हामी जिम्मेवार भूमिकामा प्रस्तुत भयौँ । फेरि पनि जिम्मेवार भूमिकामै हुनेछौं ।’ 

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 94 पटक पढिएको
  • सडकमा बसेर माग्दैमा राजीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

    बिर्तामोड / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने बताएका छन् । आज न्यायाधीशहरूसँगको प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो छलफलका क्रममा जबराले सडकमा बसेर माग्दैमा राजीनामा नदिने बताएका हुन् ।फुल कोर्ट बहिष्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।उनले आफू संवैधानिक प्रक्रियाबाट

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 88 पटक पढिएको
  • हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : ओली

    काठमाडौँ  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै ओलीले हुलाकी सडक संचालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका हुन् । हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भने, –“हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मल

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 88 पटक पढिएको
  • प्रधानन्यायाधीशलाई भेट्दै आज सर्वोच्चका १३ न्यायाधीश

    बिर्तामोड / सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गर्ने भएका छन् । भेटेका क्रममा न्यायाधीशहरूले राणासँग राजिनामाको माग गर्ने बताइएको छ । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणालाई भेट्ने र त्यहाँ अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले राजीनामाको प्रस्ताव राख्ने भएका छन् ।उनीहरूको पहिलो प्रस्तावमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ भन्ने हुनेछ । यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्नेछन् । प्रधानन्यायाधीश राणाको राजीनाम

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 68 पटक पढिएको
  • प्रधानन्यायाधीश जबरालाई मार्ग प्रशस्त गर्न १४ न्यायाधीशको आग्रह

    काठमाडौं / सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सोमबार प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गरी छुट्टै बैठक बसेका १४ जना न्यायाधीशले  प्रधानन्यायाधीश शमशेरलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।मार्ग प्रशस्त गर्ने निर्णय गरे पनि उनीहरूले मार्ग प्रशस्त भन्नुको अर्थ खुलाएका छैनन् । उनीहरूले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विषय उठाउन सक्ने बुझिएको छ । उनीहरूले मंगलबार प्रधानन्यायाधीशसँग भेटेर राय मागेपछि मात्र थप कदम चाल्ने निर्णय गरेका छन् ।प्रधानन्यायाधीश जबराले सोमबारका लागि फुलकोर्ट बैठक ब

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 156 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा