राजनीति

    Showing 6,591-6,600 of 10,441 items.
  • आन्दोलनरत संसद् सचिवालयका कर्मचारीसँग सहमति [सहमतिपत्रसहित]

    काठमाडौं- केही दिनयता विभिन्न माग राख्दै आन्दोलनमा होमिएका संसद् सचिवायलका कर्मचारीसँग सरकारीपक्षले ७ बुँदे सहमति जुटाएको छ। सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो।सहमतिमा कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढाइने भएको छ।कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

    • प्रकाशित मितिः असार १०, २०८१
    • 366 पटक पढिएको
  • सर्वोच्चले फर्काइदियो फणीन्द्र देवकोटाको सांसद पद

    काठमाडौँ- गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पद सर्वोच्चले फर्काएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै देवकोटाको सांसद फकाउन आदेश दिएको हो।देवकोटाले आफूविरुद्ध नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाहीविरुद्ध हालेको रिट हालेका थिए। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई राहत दिने गरी माओवादीको कारबाही रोक्न अन्तरिम आदेश र विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै देवकोटालाई कारबाही गरेपछि उनी रिट लिएर सर्वोच्च पुगेका थिए।उनी गोरखाबाट माओवादीको चुनाव चिन्हबाट चुनाव लडेका थ

    • प्रकाशित मितिः असार १०, २०८१
    • 254 पटक पढिएको
  • भ्रष्टाचार आरोपपछि निलम्बित अर्याललाई नयाँ पद सिर्जना गरेर सरुवा

    काठमाडौँ- भ्रष्टाचार आरोप लागेर निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई नयाँ पद सिर्जना गरेर सरुवा गरिएको छ। उनलाई विशेष पद सिर्जना गरेर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो।आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई अख्तियारमा सरुवा गरेको सञ्चारमन्त्री एवं मन्त्रिपरिषद्की प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको हो। सोही पद अर्याल जिम्मेवारीबाट हटेपछि स्वतः खारेज हुनेछ। यता, मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन्। प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलालाई कार्यवहाक जिम्मेवारी दिने मन्त्रिपरिषद् बैठकले

    • प्रकाशित मितिः असार १०, २०८१
    • 308 पटक पढिएको
  • गृहमन्त्रीमाथि महतको टिप्पणी : कुरा बढी, काम उल्टो

    काठमाडौँ–  नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कुरा बढी र काम भने उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन्।आइतबार संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरु कुनै पनि दिगो र सत्य नभएको दावीसमेत उनले गरे। उनले जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भनेर गृहमन्त्रीले धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको आरोप लगाए। उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री इच्छुक नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए गृहमन्त्री आफैँ फस्न सक्ने डर रहेको बताए।‘गृहमन्त्री कुरा धेरै

    • प्रकाशित मितिः असार ९, २०८१
    • 371 पटक पढिएको
  • कोशी सरकारविरुद्धमा आज पनि सकिएन बहस, मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं- कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आइतबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासमा रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएकाले रिट पुनः हेर्दाहेर्दैमा राखिएको हो। यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।कोशीका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । आफूविरुद्

    • प्रकाशित मितिः असार ९, २०८१
    • 440 पटक पढिएको
  • यी हुन् अख्तियारले मुद्दा दायर गरेका मुख्यसचिवसहित १२ कर्मचारी

    काठमाडौं- मुख्यसचिव डा। बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। मुख्यसचिवसहित तत्कालीन राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन्।उनीहरुविरुद्ध  ३८ करोड ६७ लाख १७ हजार विगो मागदाबी गरिएको छ। भ्रष्टाचार मुद्दा दर्ता भएपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा

    • प्रकाशित मितिः असार ९, २०८१
    • 407 पटक पढिएको
  • टुलुटुलु हेरेर चुरेको संरक्षण हुन सक्दैन— प्रदीप पौडेल (भिडियो)

    काठमाडौं— सांसद प्रदीप पौडेलले चुरेको संरक्षण गर्न सरकार किन उदासिन भएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा पौडेलले चुरेको संरक्षण गरौँ भन्ने माग राख्दै पैदल हिँडेर आएकालाई पनि सरकारले वेवास्ता गरेको बताए । सरकारले आफैँ पहल कदमी लिनुपर्ने विषयमा खबरदारी गर्न २० दिन पैदल हिँडेर आएर काठमाडौंको माइतीघरमा बसेकालाई एक पटक पनि नभेटेको बताए । चुरे नष्ट हुने गरी भएको दोहन भइरहेको निष्कर्ष सरकारसँग रहे पनि नियमनको साटो टुलुटुलु हेरेको आरोप पौडेलको छ ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • 418 पटक पढिएको
  • संसद्मा सांसदको अनौठो प्रस्ताव : जाँड खाएर सदन पसे निलम्बन गर्नुपर्ने

    काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने बताएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो धारणा सार्वजनिक गरेका हुन्।बस्नेतले संसद्‌को अनुशासनको कुरा गरेर आफैं अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताएका हुन् ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • 607 पटक पढिएको
  • मुख्यसचिव अर्यालमाथि किन लाग्दैछ मुद्दा?

    काठमाडौँ-  अन्तःशुल्क स्टिकर छपाइमा कमिसन लिएको आरोप लागेका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा लाग्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो निर्णय गर्दै मुख्यसचिवलाई विपक्षी बनाएर मुद्दा लगाउने भएको हो। अख्तियार स्रोतका अनुसार अख्तियारको टोली अहिले विशेष अदालत पुगिसकेको छ।आन्तरिक राजश्व विभागका लागि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।२०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता भएको थियो।त्यसअघि प्रतिथान २५ पैसामा छाप्ने भए पनि उक्त स्टिकर ७५ पैसाका दरले छाप्न लगाएर भ्रष्टाचार गरेको आरोप छ । यसबाट मु

    • प्रकाशित मितिः असार ९, २०८१
    • 491 पटक पढिएको
  • प्रधानमन्त्रीलाई गगनले घुमाउरो शैलीमा भने : मन्त्रीले टर्दैनन् भने 'राजीनामा दिनू'

    काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यदि मन्त्रीहरूले टेर्न छाडेका भए प्रधानमन्त्री आफैले राजीनामा गर्नुपर्ने बताएका छन्। उनले घुमाउरो तरिकाले प्रधानमन्त्रीसँग मन्त्रीले नटेरेको भए तत्काल बालुवाटार र सिंहदरबार छोड्न आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले आफूलाई मन्त्रीले नटेरेको अभिव्यक्ति दिएका थिए। आज आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन्।‘समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ। प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भ

    • प्रकाशित मितिः असार ९, २०८१
    • 571 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.