काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समुहबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।
काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका हुन् ।सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाह विनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ । कांग्रेसले निर्वाच
झापा / निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।सुरक्षा निकाय, सुरक्षाकर
काठमाडौँ / अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाण्डु आइपुगेकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज बिहान काठमाण्डु आइपुगेकी हुन् ।ट्रुडोले नेपालमा रहँदा अमेरिकाबारे चिनले फैलाएको मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद क
काठमाडौँ / सिट बाँडफाँडको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँडको टुंगो लगाउन केही बेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेश तिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँडलाई लिएर गठबन्धन अझै अलमलमा छ । खासगरी पछिल्लो समय कांग्रेसमा देखिएको विवादका कारण गठबन्धनले सिट बाँडफाँड मिलाउन सकेको छैन । आसन्न निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू
झापा / आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि ७५ हजार सेना परिचालन हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनको सुरक्षामा ७५ हजार सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् । राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ मा भएको बैठकले निर्वाचनमा १० वटा कार्यादेश दिएर सेना खटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । त्यसकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालन गर्न भदौ २७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । आइतबार राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेसँगै जंगी अड्डालाई केन्द्रीय सुरक्षा समिति बैठकबाट स्
झापा / निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य उमेदवारहरूको प्रचारप्रसार खर्च सीमा बढाउने तयारी गरेको छ । निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने आयोगले तयारी गरेको हो । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन लागिएको आयोगले जनाएको छ । ०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फ प्रति उमेदवार २५ लाख रुपैयाँ र प्रदेशसभा तर्फ १५ लाख खर्च सीमा तोकिएको थियो । त्यसको आधार पुष्टि नहुने भन्दै विरोध गरिएपछि आयोगले खर्च सीमाबारे नयाँ प्रस्ताव अघि सारेको हो ।आयोगले अघि सारेको प्रस्तावअनुसार एउटै जिल्लाको निर्वाचन क्षेत्रपिच्छे खर्च सीमा फरक–फरक हुनेछ । आयोगले खर्च स
झापा / अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने उनी भोलि (बुधबार) नेपाल आउन लागेकी हुन् ।अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोको नेपाल भ्रमणबारे जानकारी दिएको छ । ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।चीनले नेपालमा एमसीसी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप अमेरिकाले लगाइरहेको छ । उनले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ
काठमाडौं / विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्नै भएका छन् । स्थानीय चुनावपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका मिश्रले राप्रपासँग एकता गर्न निरन्तर वार्ता गर्दै आएका थिए । सोमबार पार्टी कार्यसम्पादन समितिबाट वरिष्ठ उपाध्यक्ष दिने औपचारिक निर्णय गराएर राप्रपा अध्यक्ष लिङ्देनले मिश्रसँग वार्ता गरेका थिए ।मिश्रले सुरुमा अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी सहअध्यक्ष बनाउनुपर्ने बताएका थिए । तर पार्टीमा असन्तुष्टि देखिएपछि राप्रपाले राखेको वरिष्ठ उपाध्यक्षको प्रस्तावमा मिश्र सहमत भएका हुन् । त्यो छलफलमा पार्टी एकताका लागि सहमति जुटेको दुबै पक्षको स्रोतले
झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न स्थानमा सभा लगायतका कार्यक्रम गर्ने तय गरेका हुन् । घोषित कार्यक्रमअनुसार असोज २३ गते चितवन, २५ गते जनकपुर, ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, ४ गते बुटवल, १७ गते सुर्खेत, १९ गते धनगढी र २३ गते काठमाडौंमा विरोध सभा गरिने छ । जिल्ला समितिले पनि छुट्टै विरोधका कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.