राजनीति

    Showing 6,641-6,650 of 6,731 items.
  • सरकार र विप्लव नेकपाबीच तीन बुदे सहमति

    काठमाण्डौं / विप्लव नेतृत्वको नेकपा र सरकार बीच तीन बुदे सहमति भएको छ । बिहिबार बिहान भएको वार्तामा दुई पक्ष बीच सहमति भएको हो । सहमतिको पूर्ण विवरण भने भोली (शुक्रबार) दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी सार्बजनिक गरिने समझदारी भएको पनि बताइएको छ । बिहिबार भएको वार्तापछि दुबै टोलीका संयोजकले जारी गरेको विज्ञप्तिमा भोलीको विशेष समारोहमा प्रधानमन्त्री केपि शर्मा ओली र नेत्र विक्रम चन्द (विप्लव) को उपस्थिती रहने र सोही कार्यक्रमबाट सम्झौता सार्बजनिक गरिने उल्लेख छ । बिहिबारको वार्तामा भएको सहमति अनुसार नेकपामाथि २०७५ साल फागुन २८ देखि जारी प्रतिवन्ध फुकुवा गर्ने, सो पार्

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 76 पटक पढिएको
  • विप्लव समूहका नेतालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

    काठमाडौं/सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।स्रोतका अनुसार वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।लगत्तै प्रतिबन

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 102 पटक पढिएको
  • वडाअध्यक्ष सँगै दोहोरो नागरिकता

    मोरङ / स्थानिय सरकारकै जनप्रतिनिधिसँग दोहोरो नागरिकता भएको सार्वजनिक भएको छ ।  मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको वडा सदस्यले नै सार्वजनिक गरेपछि यो विषयको खुलासा भएको हो । वडाअध्यक्ष मियाँको साथमा नेपालसँगै भारतको पनि नागरिकता भएको वडा सदस्यहरुले सार्वजनिक गरिदिएका हुन् । वडाअध्यक्ष मियाँसँग ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको भारत सरकारले जारी गरेको आधारकार्ड रहेको सार्वजनिक भएको हो । नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ ।नेपालबाट २०५५ असार ५ गते लिएको नागरिकतामा भने नागरिकता नम्बर ६११८ रहेको छ ।&nb

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 74 पटक पढिएको
  • नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

    बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।यस्तै बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नै

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 105 पटक पढिएको
  • पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक

    बिर्तामोड  पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो । काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो ।उनका चार छोरा र तीन छोरी रहेका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 58 पटक पढिएको
  • प्रचण्ड–नेपाल पक्ष संसदमा प्रतिपक्षी दलको स्थानमा बस्ने

    बिर्तामोड /  नेकपाको प्रचण्ड–नेपाल पक्षका सांसदहरु संसद् बैठकमा प्रतिपक्षी दलको स्थानमा बस्ने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि पहिलोपटक २३ फागुनमा संसद बैठक बस्दैछ । आफूले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त प्रचण्ड–नेपाल समूहको छ ।उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्य र संसदीय दलको नेताबाट हटाइसकेको छ । नेकपाका हाल १ सय ७३ सांसद छन् । दुवै पक्षले संसदमा आफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् ।संसद बैठकको मिति नजिकिँदै गर्दा एकअर्का पक्षको सांसद आफूतिर तान्ने प्रयास तीव्र भएको छ । सा

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 67 पटक पढिएको
  • भारतबाट फर्केपछि बाबुरामले भने– चुनावी सरकार बनाऊँ

    बिर्तामोड / पूर्वप्रधानमन्त्री एवं जसपाका केन्द्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विगतलाई भुलेर राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठन गर्न राजनितिक दलसँग प्रस्ताव गरेका छन् । उपचारका लागि भारत गएका डा. भट्टराईले फर्किए लगत्तै आफ्नो निजी फेसबुक पेज मार्फत राष्ट्रिय सहमतिको चुनावी सरकार गठन गर्न प्रस्ताव गरेका हुन् । भट्टराईले सामाजिक संजालमा यस्तो लेखेका छन् –  ०६५ ÷ ६६ सम्म देश राष्ट्रिय सहमतिमा अघि बढे पनि त्यसपछि दलमा आएको विग्रहले समस्या खडा गरेको र अब त्यसलाई भुलेर अघि बढ्नु नै उचित हुने छ ।  ‘अहिलेको समस्याको जरो ०६५÷६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो बिर

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 72 पटक पढिएको
  • सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

    काठमाडौं / सरकार र नेकपाको विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । हिंजो मात्रै वार्ता टोली बनाएका दुवै पक्षबिच आज विहान औपचारीक वार्ता भएको हो । विहान सबेरै प्रधानमन्त्री निवास वालुवाटारमा भएको भनिएको वार्ता करिव ४ घण्टा भएको बताईएको छ । विहान भएको वार्तालाई दुबै पक्षले पहिलो वार्ता भनेका छन् । विप्लव निकट स्रोतले आज बुधवार भएको वार्ता फेरि बस्ने गरी सकीएको जनाएको छ । दोस्रो चरणको वार्ताको मिति भने आपसी समझदारीमा तय गरिने जनाएको छ । वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको वताईए पनि वार्ताका विषयमा ठोस कुरा भने सरकार र विप्लव समुहले सार्वजनिक गरेका छैनन् । 

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 68 पटक पढिएको
  • विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

    काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लि माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्य

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 53 पटक पढिएको
  • विप्लव समूहद्धारा सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा समिति गठन

    काठमाडौं । प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।यसै सिलसिलामा सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ । सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।विप्लव समूहको वार्ता समितिमा को–को सदस्य छन् भन्ने बता

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 77 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा