राजनीति

    Showing 6,701-6,710 of 10,441 items.
  • एमालेले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुङ्गो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ।नामहरूको अन्तिम रुजु गरेर केही बेरमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेका एक नेताले जानकारी दिएअनुसार एमालेले सात प्रदेशका १९ सिटमै उम्मेदवारीको टुङ्गो लगाएर टिकटसमेत दिइसकेको छ। ती नेताले दिएको जानकारीअनुसार बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। का

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 322 पटक पढिएको
  • माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा  अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुङ्गो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। १९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 356 पटक पढिएको
  • सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सहमती जुट्दै, मनोनयन दर्ता गर्न सिटौला विराटनगर जाँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौला भोलि(सोमबार) राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदै छन् ।  राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवासँग सशंकित सिटौलाले पटक पटक उनीहरूसँग वाचा दोहोर्‍याउन लगाएर मात्र सदस्य पदमा मनोनयन गर्न विराटनगर जान लागेको सूत्रले बतायो ।कोशी प्रदेशको सरकार गठन गर्दा सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग मागेका

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 631 पटक पढिएको
  • बंगलादेशमा मतदान जारी, बंगलादेश नेशनलिस्ट पार्टी द्वारा चुनाव बहिस्कार

    एजेन्सी । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुनेछ।चुनावको नतिजा ८ जनवरी बिहानै घोषणा हुने सम्भावना छ। यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ ।पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।७८ वर्षीया खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् । प्रधानमन्त्री शेख हसिनाले भने ढाकाको एक केन्द्रबाट मतदान गरिसकेकी छन् ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 283 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा मिलाउने प्रयास

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा लगभग भागबन्डा मिलेको छ। चार दल सम्मिलित हिजो (शनिबार) बेलुकाको बैठकमा बाँडफाँटमा सहमति जुटेको छ।अन्तिम टुंगो भने आज बिहान बस्ने बैठकले टुंगो लगाउने नेताहरूले बताएका छन्। १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने छ।बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३र३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १र१ सिट दाबी गरेका थिए।यसमा अरू दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठक र

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 339 पटक पढिएको
  • देशभरबाट सुरु भयो रास्वपाको प्रथम वडा अधिवेशन

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सुरु भएको छ। रास्वपाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वडाहरूमा आज प्रथम वडा अधिवेशन आयोजना गर्न लागेको हो।रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ। वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरूलाई अनुगमनका लागि समेत खटाएको छ।रास्वपाका उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौंको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौं र अन्य पदाधिकारीहरू व

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 289 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन: आज मतदाता नामावली प्रकाशन हुँदै

    काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् ।प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले बताएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 314 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहिबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको गौतमले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 192 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं   । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । राष्ट्रियसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएको हो । आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सीट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ ।कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 188 पटक पढिएको
  • गठबन्धनमा टुंगिएन राष्ट्रिय सभाको सीट बाँडफाँट

    काठमाडौं । एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धदलका दलहरुबीच राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ। बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरुले सत्ता गठबन्धनका दलहरुले कति कति सीटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन्।बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए।नेता पाण्डेले भने, ‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.