राजनीति

    Showing 6,751-6,760 of 10,441 items.
  • कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ।मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको थियो।भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटको पेशी सर्वोच्चले आजको लागि तोकेको हो।एमालेका नेता कार्कीले भदौ ६ गते प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका र

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 194 पटक पढिएको
  • सिरहामा बसेको एमाले सचिवालय बैठकले महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ

    काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको धनगढीमाई नगरपालिका–४ सर्रे अम्बासमा सम्पन्न भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बसेको बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको छ ।बैठकले कन्चनपुरको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय जनतासँग मिलेर पूर्वाधारका काम गर्ने पनि बैठकको निर्णय छ ।एमालेको चौथो राष्ट्रिय महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थानमा बसेको बैठकले मदन भण्डारीले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै भण्ड

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 215 पटक पढिएको
  • आज एमाले सचिवालयको बैठक सिराहामा बस्दै

    सिराहा । नेकपा (एमाले)को सचिवालय बैठक आज सिराहाको धनगढी नगरपालिका-१४ सरेअम्बासमा बस्दैछ । बैठकको तयारी पूरा भएको एमाले नेता योगेश भट्टराईले जानकारी दिएका छन । आज पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू, पदाधिकारी, लेखा र अनुशासन विभागका प्रमुखहरू पनि बैठकमा सहभागि हुनेछन् ।गत ९ भदौमा बस्ने भनिएको बैठक मौसमका कारण स्थगित भएको थियो । बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने एमालेले जनाएको छ । सरेअम्बास स्थित एक काठघरमा तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन भएको थियो । महाधिवेशनले जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको थियो ।एमालेले सो स्थानलाई कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरा

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 208 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशाेधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 230 पटक पढिएको
  • समाजवादी मोर्चाको पोखरामा भदौ १५ गते सन्देशसभा

    काठमाण्डौ । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ ।माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभाग

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 221 पटक पढिएको
  • एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

    काठमाण्डौ । नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो । उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर आइसक्नुभएको थियो । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोला बाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भन्नुभयो । एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थि

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 211 पटक पढिएको
  • नेत्रविक्रम चन्द्र विप्लव एमसीसीप्रति आक्रोशित हुँदै दिए चेतावनी

    काठमाण्डौ   ।   नेपाल कम्यूनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव एमसीसीप्रति पुनः आक्रोशित भएका छन् । अमेरिकी परियोजना एमसीसी विभेदकारी भएको र यो कार्यान्वयनमा अघि बढे सैह्य नहुने विप्लवको चेतावनी छ । एमसीसी कार्यान्वयनका चरणमा रहेका बेला विप्लवले एक भिडियो सन्देश सार्वजनिक गर्दै एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट रहेकाले यो राष्ट्रघाती सम्झौता भएको दाबी गरेका हुन् । आफुले देशव्यापीरुपमा एमसीसीका विरुद्ध आवाज उठाइरहेकाले यसमा सबैले साथ दिन विप्लवले आग्रह पनि गरे । एमसीसीमा फसेर मुलुकलाई अप्ठ्यारोमा नपार्न कांग्रेस, एमाले र माओवादीसहितक

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 276 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ । भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो ।समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 239 पटक पढिएको
  • फरार सांसद् कोइरीलाई उन्मुक्ति दिलाउन एमालेको कसरत

    काठमाडौं । कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बनेका थिए । १९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो ।कानुनी छिद्राबाट संसद त बने

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 196 पटक पढिएको
  • एमालेले अनधिकृतरुपमा सञ्चालित सामाजिक सञ्जाल बन्द गराउँने

    काठमाडौं । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिए।पार्टीपङ्क्त

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 198 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.