राजनीति

    Showing 6,801-6,810 of 10,441 items.
  • सांसद सुनिल शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा

    काठमाडौँ / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन प्रकरण छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए । ‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने,’ उनले भने, ‘मुख्य नाइके सरकारले समाएन भने म सांसदमै अनशन बस्छु।’

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 147 पटक पढिएको
  • अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन माधव नेपाल इन्डोनेसिया प्रस्थान

    काठमाडौँ / अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेका छन् । नेपाल त्रिदेशीय भ्रमणका लागी आइतबार राति करिब १२ बजे  इन्डोनेसिया प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ- आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईद

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 198 पटक पढिएको
  • भाजपाको निमन्त्रणामा पम्फा भुसाल सहित पाँच माओवादी नेताहरू आज भारत भ्रमणमा जाँदै

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा आज पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जाँदै छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा जान लागेका हुन् । माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् । भाजपाले संसारभरका पार्टीहरूसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अव

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 137 पटक पढिएको
  • वी पी कोइरालाको ४१ औं स्मृति दिवसको सन्दर्भ पारेर बिर्तामोडमा विचार गोष्ठी सम्पन्न

    बिर्तामोड / जननायक वी पी कोइरालाको ४१ औं स्मृति दिवसको सन्दर्भ पारेर झापाको बिर्तामोडमा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसका संस्थापक नेता वी पी कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादका विषयमा चर्चा गरिएको हो । सो क्रममा वी पी को राजनैतिक तथा साहित्यिक व्यक्तित्व, नेपालमा प्रजातन्त्र स्थापनाका लागि उहाँले जीवनभर गर्नुभएको संघर्ष, उहाँका अनुयायीहरूले अपनाउनुपर्ने जीवनशैली लगायतका विषयमा चर्चा परिचर्चा भएको थियो ।बिचार गोष्ठीमा महाधिवेशन प्रतिनिधि एवं वडाका लागि खटिनुभ

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 155 पटक पढिएको
  • नेपाली कांग्रेस बिर्तामोड ४ को वडा भेला सम्पन्न

    बिर्तामोड / नेपाली कांग्रेस बिर्तामोड नगरपालिका वडा नं- ४ को वडा भेला सम्पन्न भएको छ । बिर्तामोडको आदर्श ब्याङ्क्वेटमा सम्पन्न वडा भेलामा पार्टी संगठन सक्रिय बनाउन टोल समितिलाई सक्रिय बनाउने, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाबीच सहकार्य गर्ने, पार्टीमा सक्रियता एवं सामाजिक क्षेत्रको योगदानका आधारमा स्थानीय पालिका एवं वडामा जनप्रतिनिधि बन्न सिफारिस गर्ने, क्रियाशील सदस्य एवं मतदाताको सूक्ष्म अध्ययन, पार्टी छोडेकाहरुलाई पुनः पार्टीमै फर्काउन पहल गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।वडा सभापति रामप्रसाद पौडेलको सभापतित्व र नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न का

    • प्रकाशित मितिः असार २४, २०८०
    • 305 पटक पढिएको
  • कोशी प्रदेश सरकार विरुद्धकाे रिटमा आज सर्वाेच्चमा सुनवाइ

    काठमाडौं   ।   कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुँदैछ। कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए।कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्री

    • प्रकाशित मितिः असार २४, २०८०
    • 327 पटक पढिएको
  • समाजवादी मोर्चाको नेपालको पहिलो बैठक आज

    काठमाडौं / समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।  एकीकृत समाजबादीको केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी ) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।(नेकपा माओवादी  केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको ने

    • प्रकाशित मितिः असार २३, २०८०
    • 89 पटक पढिएको
  • आरजुले हालिन अमरेश कुमार सिंहविरुद्ध गालीबेइज्जतीको मुद्दा

    काठमाडौँ / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले स्वतन्त्र सासंद डा. अमरेश कुमार सिंह विरुद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् । जिल्ला अदालतमा दर्ता मुद्दाको सुनुवाइ पेशी असार २४ गते तोकिएको छ । पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’ को संज्ञा दिँदै आएका थिए । देशका ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता रहेको आरोपसहित अमरेशले सञ्चार माध्यममा अन्तरवार्ता दिँदै हिँडेका थिए । अमरेशविरुद्धको रिट निवेदनमा उनले सञ्चार माध्यममा दिएका अभिव्यक्तिलाई समेत समावेश गरिएको छ । रिटसँगै प्रमाणको रूपमा अडियो, भिडियोसमेत आरजुले पेश गरेकी  छन् । आर

    • प्रकाशित मितिः असार २२, २०८०
    • 205 पटक पढिएको
  • सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : प्रवक्ता शर्मा

    काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज आयोजना गरेको अन्तरक्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य नभएको स्पष्ट पारिन् ।‘सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिवद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ,’ उनले भनिन् । ‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दि

    • प्रकाशित मितिः असार २२, २०८०
    • 202 पटक पढिएको
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुखको समर्थन नलिई प्रदेशसभा सदस्यका रुपमा बाबुराम गौतमको समर्थन लिएको दावी गरेका छन् ।प्रमुख प्रतिपक्षी एमालेले सभामुखको हस्ताक्षरलाई मान्यता नदिन पहिले नै प्रदेश प्रमुखलाई ध्यानाकषर्ण पत्र बुझाएपनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीले बहुमतको दावी गर्ने क्रममा सभामुख गौतमको पनि हस्ताक्षर साथमा लिएका थिए । तर हस्ताक्षरमा प्रदेश सभा सदस्यको रुपमा हस्ताक्षर गरिएको थियो ।उनलाइृ कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको साथ थियो । मुख्

    • प्रकाशित मितिः असार २१, २०८०
    • 337 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.