राजनीति

    Showing 6,811-6,820 of 10,441 items.
  • राप्रपाले तोक्यो प्रदेश संयोजक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न उहाँले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन्।उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङ– मधेस प्रदेश संयोजक, विक्रम पाण्डे–बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधान–गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्र– लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी – कर्णाली प्रद

    • प्रकाशित मितिः असार २०, २०८०
    • 225 पटक पढिएको
  • कोशीमा कांग्रेसका उद्धव थापालाई गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार बनाउने

    काठमाडौँ / सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी भएको हो । ‘कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने । नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो । त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठब

    • प्रकाशित मितिः असार १८, २०८०
    • 250 पटक पढिएको
  • आज गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्ती

    काठमाडौँ / नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी सोमवार मनाइँदैछ । विक्रम संवत् १९८१ असार १८ गते जन्मिएका कोइरालाको विक्रम संवत् २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम राखेका छन् ।पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले मुलुकमा ५ पटक प्रधानमन्त्री र ल

    • प्रकाशित मितिः असार १८, २०८०
    • 274 पटक पढिएको
  • कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु , कार्कीले पाएनन् विश्वासको मत

    काठमाडौँ / नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्य मात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । कार्कीको विपक्षमा ४३ मत खसेको छ । अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 287 पटक पढिएको
  • इलाममा पहिचान पक्षधरले देखाए योगेश भट्टराईलाई कालो झण्डा

    काठमाडौँ / नेकपा एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् सदरमुकाम इलाम बजार पुगेका भट्टराईलाई आन्दोलनरत पहिचान पक्षधरले कालो झण्डा देखाइएको हो ।प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै पहिचान पक्षधर प्रदेश नाम संशोधनको माग गर्दै आन्दोलनरत छन् । ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीले एमाले नेता योगेश भट्टराईलाई कालो झण्डा देखाएको संघर्ष समितिले जनाएको छ ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 280 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसम्बन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्ने लगायत छन् ।बिहीबारै बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीको अन्तिम टुंगो लग

    • प्रकाशित मितिः असार १४, २०८०
    • 267 पटक पढिएको
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान

    काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्किएका छन् । चीनको सिचुवान प्रान्तमा पाँच दिनसम्मको भ्रमणका लागि मंगलबार राति सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ त्यसतर्फ गएका हुन् । भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायत छन् ।श्रेष्ठ आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ।  बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घा

    • प्रकाशित मितिः असार १३, २०८०
    • 304 पटक पढिएको
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक  बस्नेछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट)विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुहुने छ । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिकाे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ।मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,

    • प्रकाशित मितिः असार १३, २०८०
    • 307 पटक पढिएको
  • रास्वपाको प्रशिक्षण विभाग प्रमुखमा बैङ्कर अनिल शाह

    काठमाडौँ / पूर्व बैङ्कर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पार्टीको बनस्थलीस्थित नयाँ कार्यालयमा आयोजित कार्यक्रममा उनी रास्वपा प्रवेश गरेका हुन् । शाहलाई पार्टी प्रवेशलगत्तै प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा शाहलाई पार्टी सभापति रवि लामिछानेले रास्वपाको लोगो लगाइदिएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 118 पटक पढिएको
  • आज समाजवादी मोर्चाको घोषणा हुँदै

    काठमाडौँ / आज समाजवादी मोर्चाको घोषणा हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो । आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा

    • प्रकाशित मितिः असार ४, २०८०
    • 219 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.