काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकि छिन् ।सामाजिक सञ्जाल (फेसबुक)मार्फत लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।”प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छिन्।
बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाले नगर स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवसका अवसरमा नगरपालिकाले स्थानीय संस्कृति झल्किने कार्यक्रमको आयोजना गर्ने भएको हो।नगरपालिकाले आफ्नो ११ औं ‘नगर स्थापना’ दिवसका अवसरमा बाजुराको कला, संस्कृति झल्किने विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक बर्ष भव्य रुपमा स्थापना दिवस मनाउँदै आएकोमा यो बर्ष पनि भव्य रुपमा स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ ।सुदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक, संस्कृति झल्किने लगायतका कार्यक्रम गर्न लागिएको नगर प्रवक्ता तथा बडीमालिका नगरपालिका ७
काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । आजको बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ । बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) मा भएका विगतका निर्णय ÷सम्झौताको कार्यान्वयनको अवस्था /प्रगति एवं ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)’ को समिक्षा गर्ने कार्यसूचीमा तय गरिएको छ ।
काठमाडौं— आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ । आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।
जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात ह
बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् ।खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । महिला तर्फ ४ जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलित तर्फको ४ ज
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता भएको छ । सिंहदरबारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिए ।उनले भने, ‘मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ,’ । संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विष्यामा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए ।
काठमाडौं— विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद
काठमाडौं । सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो ।‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने ।उनका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.