राजनीति

    Showing ८८१-८९० of १०,४६४ items.
  • रास्वपा मतगणनामा विवादः ८९३ मत ल्याएकी बाहिर, ८०० मत ल्याएकी निर्वाचित

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको नतिजामाथि गम्भीर प्रश्न उठेको छ। आफूभन्दा कम मत ल्याएकी उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको भन्दै गण्डकी प्रदेशकी उम्मेदवार पूजा बाँस्तोलाले निर्वाचन आयोगमा उजुरी दर्ता गरेकी छन्।सार्वजनिक मतपरिणामअनुसार बाँस्तोलाले ८९३ मत प्राप्त गरेकी छन्। तर ८०० मत ल्याएकी विष्णुकुमारी गुरुङ (एकता) लाई निर्वाचित घोषणा गरिएको भन्दै उनले परिणाममाथि आपत्ति जनाएकी हुन्।बाँस्तोलाले मतपरिणाम पुनः परीक्षण, सत्यतथ्य छानबिन र आवश्यक सुधारको माग गर्दै निर्वाचन आयोगसमक्ष औपचारिक उजुरी दिएकी छन्।यो विवादले रास्वपाको पहिलो

    • प्रकाशित मितिः असार १२, २०८३
    • १३७ पटक पढिएको
  • रास्वपामा सहमहामन्त्रीका लागि ११ उम्मेदवार चुनावी मैदानमा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री ९खुला० पदमा कडा प्रतिस्पर्धा हुने भएको छ। दुई पदका लागि ११ जनाले उम्मेदवारी कायम राखेपछि नेतृत्व चयनको दौड रोचक बनेको हो।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार रमेश प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।रास्वपाको विधानअनुसार खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसैले सीमित पदका लागि धेरै उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिनिधिहरूको मत निर्णायक बन्ने देखिएको छ।पहिलो महाधिवेशनअन्तर्गत

    • प्रकाशित मितिः असार १२, २०८३
    • ११४ पटक पढिएको
  • ६ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    काठमाडौं । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल ललितपुर र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।उम्मेदवारमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । 

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९१ पटक पढिएको
  • रास्वपाको महामन्त्री दौडबाट कबिन्द्र पनि बाहिरिए, प्रतिस्पर्धा अब ८ जनामा सीमित

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धाबाट निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी पनि बाहिरिएका छन्। उनले उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्रीको चुनावी समीकरण फेरिएको छ।यसअघि जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिइसकेका थिए। लगातार दुई उम्मेदवारले मैदान छाडेपछि अब महामन्त्री पदका लागि ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।अब महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतदानसँगै महामन्त्री पदको प

    • प्रकाशित मितिः असार १२, २०८३
    • १४२ पटक पढिएको
  • रास्वपाको आन्तरिक चुनावको असर संसद्मा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म जारी रहँदा त्यसको प्रभाव संघीय संसद्मा समेत देखिएको छ। प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गर्दै शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको हो।सत्तारूढ दलकै महाधिवेशन नसकिएकाले संसद्को कार्यसूची प्रभावित भएको यो लगातार दोस्रो घटना हो। यसअघि पनि बैठकको मिति परिवर्तन गरिएको थियो।आजको बैठकमा सरकारले प्राथमिकतामा राखेका विभिन्न विधेयक अघि बढाउने तयारी थियो। सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथ

    • प्रकाशित मितिः असार १२, २०८३
    • ११५ पटक पढिएको
  • रास्वपा महाधिवेशनका कारण संसद बैठक फेरि स्थगित

    काठमाडौं—  प्रतिनिधिसभाको बैठक लगातार दोस्रो दिन पनि प्रभावित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।संसद सचिवालयका अनुसार सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन्।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले संसदको नियमित कार्यसूची प्रभावित भएको बताइएको छ। यसअघि हिजोका लागि बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो। अहिले भने आजको बैठकसमेत स्थगित गर्दै भोलिसम्मका लागि सारिएको छ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • ५१५ पटक पढिएको
  • विराटनगरमा राजनीतिक केमेस्ट्री प्रचण्ड–नेपाल शेखर विच भेटवार्ता

    काठमाडौं।  देशको राजनीतिक समीकरण फेरि तरंगित भइरहेका बेला तीन प्रमुख नेताको विराटनगर भेटघाटले नयाँ राजनीतिक चर्चा सुरु गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शुक्रबार नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको विराटनगरस्थित निवास पुगेर भेटवार्ता गरेका हुन्।कोइराला सचिवालयका अनुसार तीन नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम र आगामी रणनीतिका विषयमा छलफल भएको छ। यद्यपि भेटमा कुनै औपचारिक निर्णय भने नभएको जनाइएको छ।यस भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमबीच प्रमुख दलका नेताहरूबीच संवाद बढाउने प्रयासका रूपमा पनि हेरिएको छ। स

    • प्रकाशित मितिः असार १२, २०८३
    • १३१ पटक पढिएको
  • रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया स्संगठन र समावेशिता दुवैमा सुधार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता हरि ढकालले चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनले समावेशिकरणलाई विशेष प्राथमिकता दिएको दावी गरेका छन् ।महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टिमभित्र समावेशिकरणलाई विशेष ध्यान दिइएको बताए । उनले संगठनात्मक सुदृढीकरण, समावेशिता र कार्यकर्ताको भूमिकालाई विशेष रुपमा मूल्यांकन गरिएको पनि बताए । ढकालले तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भइनसकेको स्वीकार गर्दै पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा कुनै कमजोरी नभएको पनि बताए । उनका अनुसार भूगोलमा सक्रिय रूपमा खटिने, संगठन निर्माण र आन्दोलनमा योगदान दिनेहरुलाई देशभरबाट आएका प्रतिनिधिह

    • प्रकाशित मितिः असार १२, २०८३
    • २३४ पटक पढिएको
  • महामन्त्री दौडबाट जगदीश खरेल बाहिरिए

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धा मतदानअघि नै रोचक मोडमा पुगेको छ। महामन्त्रीका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिएको बताएका छन्।सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै खरेलले पार्टीले अझै लामो राजनीतिक यात्रा तय गर्न बाँकी रहेकाले व्यक्तिगत प्रतिस्पर्धाभन्दा संगठनको एकता महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। नेताहरूको सल्लाह र सहमतिलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ।रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले महामन्त्री पदका लागि दाबी प्रस्तुत गरेका थिए। तर अन्तिम समय

    • प्रकाशित मितिः असार १२, २०८३
    • १२२ पटक पढिएको
  • रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो

    काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ ।महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो । आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो । आजको बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो ।कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्र

    • प्रकाशित मितिः असार १२, २०८३
    • १७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.