काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो । आजको बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएका छन् । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने छ । यस्तै, बैठकमा संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गर
काठमाडौं— बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टेक बहादुर मौनी आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २३ गते उनलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको थियो।मन्त्रालयले प्रशासकीय अधिकृतको रुपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् ।मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरुको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।मौनीलाई पालिकामा भव्य स्वागत गर्दै नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला जोशी न्यौपाने लगायत अन्य पालिकाका कर्मचारीहरुले उनलाई खादा र फुलमाला सहित भव्य स्वागत गरेका छन् । पद सम्हाल्
काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औँ बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यु १९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको छ । मंगलबार क्यानले एसिसी यु–१९ प्रिमियर कप खेल्न दुबाई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।सोही क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिदैँ आएको राम्रो अवसर गुमाउन नहुने बताए । उनले भने, ‘टोलीलाई हृदयदेखि नै शुभकामना दिन चहान्छु । एसिसि प्रिमियर कप जुन भईरहेको छ त्यसको लागि तपाईहरु एकदमै भाग्यमानी हो । तपाईहरुले आफूलाई कमजोर ठान्नु भएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन् । तपाईहरुले राम्रो अवसर पाउनु भएको छ, यसलाई नगुमाउनु होल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् । यो हाम्रो पार्टीविरुद्धको स
काठमाडौं— आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगरले वर्तमान मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समूदायको प्रतिनिधिको नाम अस्वीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।मंगलबार जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरेर राज्यले जुन व्यवहार देखायो त्यसले बलिदानको संघर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समूदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँधै पछि छ भन्ने पुष्टि गरेको बताए । उनले भने,‘राज्यसत्ताको दमन र उत्पीडनको विरूद्ध आदिवासी जनजाति समुदाय
रौतहट— रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ । यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए।विश
जनकपुर— मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् ।मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत सभक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।पत्र बुझ्दै
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् । मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन । उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.