काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् ।उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथलिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पदमुक्त गरेका थिए।उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित गरेको छ ।शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख पदमा रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरेको हो ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिएको छ ।
काठमाडौं— सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी भएको ठहर गर्दै तत्काल खारेज गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।उनीहरूले सरकारको निर्णयले नागरिक तथा विद्यार्थीहरूको मौलिक हक, संगठित हुन पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रता र वैचारिक आस्थामाथि गम्भीर प्रहार गरेको बताएका छन्।नेपालमा विद्यार्थी आन्दोलनको इतिहास राजनीतिक परिवर्तन, लोकतान्त्रिक संघर्ष, सा
काठमाडौं— पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन् ।उनका अनुसार सोही प्रतिवेदनको आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाई नियन्त्रणमा राखिएको थियो । तथापि, अन्ततः अदालतको आदेशपछि आफू रिहा भएको उनले जनाएका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा
काठमाडौं— लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बस्दैछ । शुक्रबार बस्ने बैठकमा महत्वपूर्ण विधेयकहरू टुंग्याउने तयारी गरिएको छ ।प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समय लिएर आफ्ना धारणा राख्नेछन् ।बैठकको मुख्य एजेन्डाका रूपमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’ माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने का
काठमाडौं— सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् ।आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस
काठमाडौं— सङ्घीय संसद् अधिवेशन २०८२ अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न लागेका हुन् ।हरेक वर्षको बजेट अधिवेशनको प्रारम्भमा राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा रहेको छ, जसमा सरकारका प्राथमिकता र आगामी योजनाबारे जानकारी गराइन्छ ।आजको सम्बोधन
सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद
काठमाडौं । श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भएपनि आफूले पूरा गर्न सक्ने बताएकी छिन् ।बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएको भन्दै खुसी व्यक्त गरिन् ।उनले भनिन्,‘म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो मैंले कल्पनापनि गरेको थिइन् । मलाई खुसी लागेको छ । अलि ठूलो जिम्मेवारी भयो ,तर म सक्छु ।’त्यस्तै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको धारणा राखिन् ।‘रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन । म मधेसको छोरी हो । स
रौतहट । रौतहटका विभिन्न मालपोत कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूलाई राज्य पक्षले बिना प्रमाण पक्राउ गरेको भन्दै पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् । गौर र चन्द्रपुरबाट पक्राउ परेका पाँच जना व्यवसायीको रिहाइको माग गर्दै उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।मालपोत कार्यालय गौरबाट चार जना र चन्द्रपुरबाट एक जना गरी पाँच जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर थुनामा राखिएको घटनाप्रति व्यवसायीहरूले आक्रोश पोखेका छन् । पक्राउ परेकाहरूलाई कुनै ठोस प्रमाण बिना नै नियन्त्रणमा लिइएको दाबी गर्दै उनीहरूले विनासर्त यथाशीघ्र रिहा गर्न प्रशासनसँग जोडदार म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.