राजनीति

    Showing 9,231-9,240 of 10,447 items.
  • पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको चेतावनी

    काठमाडौं  / नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबारबाट धर्ना दिने भएको छ ।नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी आइतबार देखि बुधबार सम्म पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उपाध्यक्

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 119 पटक पढिएको
  • संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

    काठमाडौँ / संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले हिजो बिहीबारमात्रै कात्तिक २९ गतेसम्मको लागि लागि प्रतिनिधि सभाको बैठक अन्त्य भएको जानकारी गरेका थिए । तर, हिजो नै संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गर्‍यो । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको थिएन ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 113 पटक पढिएको
  • माओवादीले देशको भविष्य निर्माण गर्छ : प्रचण्ड

    चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका हुन् ।उनले भने, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उहाँले सबै कार

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 100 पटक पढिएको
  • बार परिसर भित्र दुई अधिवक्ताबीच मुक्का हानाहान (भिडियाे सहित)

    बिर्तामोड / नेपाल बार एशोसिएसन परिसरभित्र दुई जना कानुन व्यवसायीबीच मुक्का हानाहान भएको छ ।शुक्रबार बार एशोसिएसनको बैठक चलिरहेका वेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको हो ।  अधिवक्ता चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै सञ्चार माध्यमहरूलाई अन्तर्वार्ता दिँइरहेका बेला अधिवक्ता न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् । अधिवक्ता न्यौपानेको मुक्का प्रहारबाट आफ्नो कोट च्यात्तिएको बताउँदै चुँडालले कानुनी बाटोबाट न्याय खोज्ने बताएका छन्।

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 125 पटक पढिएको
  • स्पेनी सभामुख र ओलीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ  / नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन देल्गाडो र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच शिष्टाचार भेटवार्ता भएको छ । स्पेनकी सभामुखले आज शुक्रबार ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी छिन् ।

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 100 पटक पढिएको
  • ओलीले न्यायालयमाथि नै हिलो छयाप्ने काम गरे : नेपाल

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायालयमाथि नै हिलो छयाप्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले ओलीलाई यस्तो आरोप लगाएका हुन् । संविधान मिचेर गत पुस ५ र जेठ ७ गते ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको नेपालले बताए । उनले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गरे । उनले भने, –‘हामीसँग सही विचार र देशलाई माया

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 105 पटक पढिएको
  • प्रधानमन्त्री देउवा वर्ल्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी,सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरे ।प्रध

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 106 पटक पढिएको
  • तासको खालबाट वडाध्यक्षसहित नौ पक्राउ

    नुवाकोट / नुवाकोटको विदुर नगरपालिका –४ स्थित एक होटलबाट सूर्यगढी गाउँपालिका –५ का वडाध्यक्ष सहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।            पक्राउ पर्नेमा वडाध्यक्ष भैरवबहादुर अधिकारी, कृष्ण विश्वकर्मा, केशवप्रसाद पन्त, नवीन चित्रकार, मच्छिन्द्र परियार, सन्तोष त्रिपाठी, राजु पन्त, पदमसिंह धामी र ईश्वर गुप्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले विदुर नगरपालिका –४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।पक्राउ परेकाहरुको साथबाट

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 108 पटक पढिएको
  • शनिबार ढोरपाटन जाँदै राष्ट्रपति भण्डारी

    बागलुङ / राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ।प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने बताए। ‘अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नु भएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनु हुन्छ’, प्रजिअ कार्कीले भने।राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनले बताए। राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेक

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 104 पटक पढिएको
  • प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

    काठमाडौँ / प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा ल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन बेलायत जाने भएपछि प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री  खाँणले पाएका हुन् । प्रधानमन्त्री देउवा आज एक साताका लागि स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन बेलायत तर्फ जानेभएका छन् ।जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जन

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.