चितवन । रास्वपाको प्रथम महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक एआईजीलाई समग्र सुरक्षा व्यवस्थापनको प्रत्यक्ष निगरानीको जिम्मेवारी दिइएको छ।महाधिवेशन स्थल र भीआईपी आवागमनलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्र प्रहरीका एआईजी गणेश ठाडामगरले सुरक्षा अवस्थाको प्रत्यक्ष मनिटरिङ गर्नेछन्।प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेत सुरक्षा तयारी बुझ्न चितवन पुगेका छन्। असार ९ गतेसम्म चल्ने महाधिवेशनका लागि विशेष सुरक्षा योजना लागू गरिएको सुरक्षा निकायले जनाएको छ।&nbs
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट चयन हुने १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचनबाट आउनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। संशोधित विधानअनुसार केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका उम्मेदवारलाई समेत सभापतिले मनोनीत गर्न सक्ने प्रावधान राखिएको छ। यस्तै, सातै प्रदेशका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्।आकांक्षीको संख्या बढी भएपछि रास्वपामा केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने निश्चित भएको छ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।आज आइतबार भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।
चितवन । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक पाँच राजनीतिक दलका शीर्ष नेता एउटै मञ्चमा देखिने भएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछानेसहित कांग्रेस सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने भएका हुन्।भरतपुरमा आयोजित समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि विशेष उपस्थिति रहनेछ। शाहले महाधिवेशनको घण्टी बजाएर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।नयाँ राजनीतिक शक्ति बनेको रास्वपाको महाधिवेशनमा शीर्ष नेताहरूको जमघटलाई आगामी राजनीतिक समीकरणसँग जोड
काठमाडौं। चितवन आज राजनीतिक गतिविधिको केन्द्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयनदेखि संगठन विस्तार र भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ। विशेष कुरा के छ भने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। हेरौँ यो रिपोर्ट।राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका लागि चितवन पूर्ण रूपमा तयार भएको छ।भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनमा देशभरबाट आएका हजारौं प्रतिनिधिको सहभागिता रहनेछ। रास्वपाका अनुसार महाधिवेशनको व्यव
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भइरहँदा उद्घाटन सत्रमा श्रम संस्कृति पार्टीको उपस्थिति नहुने भएको छ। निमन्त्रणा प्राप्त भए पनि व्यस्तताका कारण सहभागी हुन नसकिने जानकारी श्रम संस्कृति पार्टीले दिएको छ।पार्टीका सांसद आरेन राईका अनुसार रास्वपाले औपचारिक निम्ता पठाएको भए पनि पूर्वनिर्धारित कार्यक्रमका कारण प्रतिनिधित्व गर्न नसकिएको हो।रास्वपाले महाधिवेशन उद्घाटनमा सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई निमन्त्रणा गरेको थियो। तर अधिकांश दलबाट शीर्ष नेतृत्वभन्दा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन्।उद्घाटन समारोहमा नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा, एम
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा चितवनको उद्घाटनस्थलमा वर्षाले चुनौती थपेको छ। रातभरको वर्षापछि समारोहस्थल जलमग्न बनेपछि आयोजक टोली पानी निकाल्न र जमेको हिलो सम्याउन व्यस्त देखिएको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला प्रकृतिले पनि परीक्षा लिएको छ ।चितवनको भरतपुरस्थित गेष्टहाउस चौर। यही मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन उद्घाटन हुँदैछ। तर उद्घाटनअघि नै वर्षाले आयोजकलाई दौडाउन बाध्य बनाएको छ। गएरातिको वर्षापछि जर्मन ह्याङ्गरभित्रै पानी जम्यो। सहभागी बस्ने मुख्य खण्डको भुइँ हिलाम्मे बनेपछि बिहानैदेखि स्वयंसेव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका छन्।आइतबार बिहान चितवन पुगेका लिङ्देनले उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले रास्वपाको महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नेछन्।रास्वपाको पहिलो महाधिवेशन आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
एजेन्सी । इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिबार होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ।अमेरिकाले दक्षिणी लेबनानमा नयाँ हस्ताक्षर गरिएको शान्ति सम्झौता एमओयू र इजरायलको युद्धविरामको ‘उल्लङ्घन’ गरेको उल्लेख गर्दै इरानको अर्ध सरकारी मेहर समाचार एजेन्सीले उल्लेख गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईलाई उद्धृत गर्दै मेहरले इरानी वार्ता टोली अमेरिकी वार्ताकारहरूसँग अपेक्षित प्राविधिक स्तरको वार्ताका लागि केही समयमा तेहरानबाट स्विट्जरल्याण्ड जानेछ।इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीको रिपोर्ट अनुसार, टोलीले इजरायललाई लेबनानमा आक्रमण रोक्न बाध्य पार्ने लगायत अमे
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा काठमाडौं महानगरका प्रमुख बालेन शाह परिवारसहित चितवन पुगेका छन्।आइतबार बिहान भरतपुर विमानस्थलमा अवतरण गरेका शाह छोरीलाई काखमा बोकेर विमानस्थलबाट बाहिरिएको दृश्यले उपस्थितको ध्यान खिचेको थियो। पारिवारिक उपस्थितिसहित महाधिवेशनस्थल पुगेका बालेनलाई रास्वपा कार्यकर्ताले स्वागत गरेका थिए।रास्वपाको पहिलो महाधिवेशन आज भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.