काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणको अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सँग झण्डै डेढ घण्टा बयान लिएको छ।आयोग स्रोतका अनुसार शुक्रबार भएको सोधपुछमा श्रेष्ठलाई राहदानी छपाइका लागि गरिएको ठेक्का प्रक्रिया र त्यससँग जोडिएका निर्णयबारे प्रश्न गरिएको थियो। जवाफमा उनले उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। राहदानी छपाइका क्रममा अनियमितता भएको आशंकामा आयोगले यसअघि राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाइसकेको छ।यसैबीच, प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुँदा पार्टीकै सांसद अमरेश कुमार सिंह भने उद्घाटन सत्रमा अनुपस्थित देखिएका छन्। भरतपुरमा जारी महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछो ,वरिष्ठ नेता बालेन शाह लगायत शीर्ष नेताहरू सहभागी भए पनि सिंह कार्यक्रमस्थलमा देखिएनन्।पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएका सिंहको अनुपस्थितिले राजनीतिक वृत्तमा चासो बढाएको छ।रास्वपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदमध्ये चर्चित मानिएका सिंह हालै सार्वजनिक अभिव्यक्तिका कारण पनि चर्चामा थिए। महाधिवेशनको महत्वपूर्ण उद्घाटन सत्रमै उनको अनुपस्थितिलाई अर्थ
चितवन । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता बर्षमान पुन अनन्तले रास्वपा र नेकपाबीच धेरै राजनीतिक मुद्दामा समान सोच र लक्ष्य रहेको बताएका छन्।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले दुवै राजनीतिक शक्तिले परम्परागत राजनीतिक धारलाई चुनौती दिँदै आफ्नै अलग बाटो बनाएको उल्लेख गरे।“हामी र तपाईंहरू फरक पृष्ठभूमिबाट आएका हौं, तर परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा धेरै समानता छ,” पुनले भने।उनले सुशासनको सवालमा नेकपा र रास्वपाबीच पछिल्लो समय निकट सहकार्य हुँदै आएको दाबी पनि गरे। अन्य दलको तुलनामा यी दुई शक्तिबीच यस विषयमा बढी समझदारी देखिएको उनको भनाइ थियो।पुनले नयाँ र पुराना राजनीति
चितवन । रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोहमा राजनीतिक प्रतिस्पर्धाभन्दा बढी आत्मीयताको दृश्य देखियो। महाधिवेशनस्थल पुगेपछि रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई अँगालो मारे भने प्रधानमन्त्री बालेन शाहले घण्टी प्रदान गरे।वर्षाका बीच छाता ओढेर मञ्चमा पुगेका रवि र बालेनले उपस्थित नेताहरूसँग अभिवादन गरेपछि समारोहको माहोल झन् रोचक बनेको थियो।अतिथिहरूलाई घण्टी वितरण गरेपछि सामूहिक रूपमा घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरिएको थियो। राजनीतिक मतभेदभन्दा माथि उठेर देखिएको आत्मीयता समारोहको मुख्य आकर्षण बन्यो।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थल आइतबार फेरि पानीले डुबेको छ। उद्घाटन कार्यक्रम सुरु हुनुअघि परेको वर्षाले भरतपुरस्थित गेष्ट हाउस चौर हिलाम्मे बनेको हो।जर्मन ह्याङ्गरभित्र पानी नपसे पनि मैदानभरि पानी जम्दा स्थल रोपाइँ गर्न तयार खेतजस्तै देखिएको थियो। समर्थकहरू कपडा माथि सारेर पानीमै बसेर कार्यक्रम सुन्न बाध्य भए। गएरातिको वर्षाले पनि स्थल प्रभावित बनेपछि बिहानै ग्राभेल हालेर व्यवस्थापन मिलाइएको थियो। तर कार्यक्रमकै बीच फेरि पानी परेपछि आयोजकलाई थप सास्ती भयो।यता रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाह भने एकै छातामुनि कार
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई प्राप्त भएको बताएका छन्।आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ । यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ ।’ अध्यक्ष यादवले संविधानसभामार
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन ले राजसंस्थाको पक्षमा रहेका मतदाताको ठूलो हिस्सा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ गएको दाबी गरेका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजावादी मतदाताले समेत परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको बताए।“राजा चाहिन्छ भन्ने मतदाताको भोट पनि रास्वपाले पाएको छ। राप्रपा हुँदाहुँदै पनि बालेनले परिवर्तन ल्याउँछन् भन्ने विश्वासका साथ धेरैले तपाईंहरूलाई मत दिएका हुन्,” उनले भने।लिङदेनले जनताले पुराना राजनीतिक दलप्रति निराशा व्यक्त गर्दै नयाँ शक्तिमाथि आशा राखेको उल्लेख गरे। त्य
चितवन । जनमत पार्टीका अध्यक्ष सिके राउतले रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन शाहको खुलेर प्रशंसा गरेका छन्। उनले बालेन प्रधानमन्त्री बनेर मधेशको सपना पुरा गरेको बताए। उनले भने, ‘मधेसीको छोरा प्रधानमन्त्री बन्यो, सपना पूरा भयो’ ।आइतबार चितवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले प्रधानमन्त्री शाहलाई स्मार्ट, लोकप्रिय, बौद्धिक र स्टाइलिस नेताको रूपमा चित्रण गरे। उनले ठट्टा गर्दै विपक्षीहरूले कुनै दिन प्रधानमन्त्रीले कालो लुगा लगाउन नपाउने गरी ऐन नै माग्न सक्ने टिप्पणी गरे।“उहाँ यति स्टाइलिस हुनुहुन्छ कि कुनै दिन विपक्षीले कालो ड्रेस लगाउनै नपाउने कानुन ल्याउनुपर्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति एवम अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए । उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति तथा अर्थमन्त्री क्धबचलष्m ध्बनभि ले रास्वपाले अब आन्दोलनमुखी राजनीतिबाट संस्थागत र परिणाममुखी राजनीतिक यात्राको सुरुआत गरेको बताएका छन्। चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीको मुख्य उद्देश्य सरकार फेरबदल मात्र नभई राजनीतिक संस्कार परिवर्तन रहेको बताए।वाग्लेले नेपालमा स्रोत र सम्भावनाको अभाव नभए पनि गलत राजनीतिक तथा प्रशासनिक संरचनाका कारण नागरिकमा निराशा बढेको उल्लेख गरे। इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई अवसर सहज हुने अवस्था अन्त्य गर्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.