राजनीति

    Showing 981-990 of 10,427 items.
  • भौतिक पूर्वाधारसँगै शिक्षामा लगानी आवश्यक छ, सांसद मगर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सासद इन्दिरा राना मगरले वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले स्थानीय तह तथा जिल्लाबीचको पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएकी छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकालाई जोड्ने पुल निर्माण गर्नु विकास भएको बताइन् ।  उनले भनिन्, ‘वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले एक जिल्लाबाट अर्को जिल्लामा जोड्ने, एउटा पालिकाबाट अर्को पालिका जोड्ने एकदमै सिर्जनात्मक तरीकाले निर्णय गरेको छ । यसलाई म समर्थन गर्न चाहन्छु । पहिला त्यस्तो थिएन । एउटा पालिकाबाट आर्को पालिकाम ज

    • प्रकाशित मितिः असार ५, २०८३
    • 261 पटक पढिएको
  • करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो, सांसद शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएका विभिन्न नीति, बजेट तथा निर्णयहरूप्रति आफ्नो दलको फरक धारणा रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गठन भएको धेरै समय नभएकाले सरकारले के गर्यो वा गरेन भन्ने बहसभन्दा पनि सरकारले सार्वजनिक गरेका नीति, बजेट, ऐन र विधेयकप्रति आफ्नो असहमति रहेको बताए । उनले भने, ‘सरकार गठन भर्खरै भएको छ । सरकारले यो काम गरेन, त्यो काम गर्न सकेन भन्ने कुरामा हामी अहिले छैनौं । तर सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र आफ्ना धारणा सार्वजनिक गर्दैगर्दा साथै विभिन्न ऐन, नियम र विधेयक बनाउँ

    • प्रकाशित मितिः असार ५, २०८३
    • 241 पटक पढिएको
  • ‘सरकारले छोटो समयमै जनपक्षीय र देश निर्माणमा केन्द्रित बजेट ल्याउने प्रयास गरेको छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले आर्थिक विधेयक, २०८३ ले मध्यम वर्ग, उद्योग तथा निर्यात क्षेत्रका महत्वपूर्ण विषयहरू सम्बोधन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले छोटो समयमै जनपक्षीय र देश निर्माणमा केन्द्रित बजेट ल्याउने प्रयास गरेको बताए । उनले भने, ‘गत फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि सरकारको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिँदैगर्दा चैतको मध्यतिर जिम्मेवारी लिएका थियौँ । अर्थमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ, ‘हामीले बनाएको यो बजेटले सबै कुरा एकसय प्रतिशत समेटेको छ’ भन्ने

    • प्रकाशित मितिः असार ५, २०८३
    • 246 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता र मिश्रित शक्ति प्रदर्शन भयो सांसद ओली

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेको विवाद, संवैधानिक निकायहरूको स्वतन्त्रता, प्रशासनिक संयन्त्रमा बढ्दो हस्तक्षेप तथा कूटनीतिक मर्यादासम्बन्धी विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले सदनमा मात्र होइन, मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको धेरै हप्ता बिति

    • प्रकाशित मितिः असार ५, २०८३
    • 92 पटक पढिएको
  • प्रधानमन्त्री नै कुलपति हुने भएकाले राजनीतिक प्रभाव पूर्णरूपमा हट्न सकेको छैन सांसद बराल

    काठमाडौँ । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले सरकारले हालै जारी गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्व दिने तथा खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउने दाबी गरिए पनि अहिलेको प्रक्रियालाई नजिकबाट हेर्दा राजनीतिक प्रभाव पर्याप्त मात्रामा कायम रहने देखिएको बताए । उनले भने, ‘हालै सरकारले विश्वविद्यालयका उपकुलपतिहरूको छनोट र सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३ जारी गरेको छ । राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक यो

    • प्रकाशित मितिः असार ५, २०८३
    • 202 पटक पढिएको
  • सीमा रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं, सांसद विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेका छन्। शुक्रबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्डता विपरीत रहेको दाबी गरे। ‘म सुदूरपश्चिम प्रदेशको बासिन्दा र महाकाली साझा हो, पानी आधा–आधा हो भन्ने चर्चित आन्दोलन तथा कालापानी मार्चपासमा सहभागि एकजना विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत यस सम्मानित संसदमा सगौरव अवगत गराउन चाहन्छु,’ उनले भने । सांसद विश्वकर्माले आफू सुदूरपश्चिम प्रदेशको बास

    • प्रकाशित मितिः असार ५, २०८३
    • 160 पटक पढिएको
  • सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ, अध्यक्ष राई

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए । उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उनले भने।त्यसै

    • प्रकाशित मितिः असार ५, २०८३
    • 176 पटक पढिएको
  • अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी

    काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम गरेमा, वार्ताका लागि भर्खरै तय गरिएको रूपरेखा फ्रेमवर्क उल्लंघन गरेमा वा थप मागहरू राखेमा तेहरानले कडा जवाफ दिने चेतावनी इरानका शीर्ष वार्ताकार एवं संसदका सभामुख मोहम्मद बगेर गालिबाफले दिएका छन् ।सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गालिबाफले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले उल्लेख गरेका सर्तहरू पालना गर्न प्रतिबद्ध रहेको तर सम्झौता उल्लंघन भएमा कडा रूपमा प्रस्तुत हुने बताए । उनले भने, ‘हामी कमान्डमा छौँस विपक्षी पक्षबाट बदनियत वा थप माग आएमा हामी शत्रुलाई कडा जवाफ दिन हिचकिचाउने छैनौँ ।’ यो चेतावनी अमेरिका र

    • प्रकाशित मितिः असार ५, २०८३
    • 299 पटक पढिएको
  • चितवनमा रास्वपा महाधिवेशनको तयारी तीव्र

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ । चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरू गरिएको छ ।रास्वपाको महाधिवेशन यही ७-९ गते भरतपुर, चितवनमा हुँदैछ ।महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।पार्टीले यस महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ । रास्वपामा ३ हजार हाराहारीमा प्रतिनिधि चयन भएका छन् ।

    • प्रकाशित मितिः असार ५, २०८३
    • 186 पटक पढिएको
  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ, मन्त्री गौतम

    काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको विनियोजित शिर्षकमाथिको छलफलमा भाग लिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसबारे जानकारी गराएकी हुन् । शान्ति सम्झौता भएको २० वर्षको अवधिमा के कस्तो काम भयो भन्नेबारे एकीकृत विवरण तयार पार्ने काम पनि मन्त्रालयले गरिरहेको उनले जानकारी गराइन् ।‘नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश लामो समयदेखि बाँकी रहेको सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ,’ उन

    • प्रकाशित मितिः असार ४, २०८३
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.