चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुँदा पार्टीकै सांसद  अमरेश कुमार सिंह भने उद्घाटन सत्रमा अनुपस्थित देखिएका छन्। भरतपुरमा जारी महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछो ,वरिष्ठ नेता बालेन शाह लगायत शीर्ष नेताहरू सहभागी भए पनि सिंह कार्यक्रमस्थलमा देखिएनन्।

पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएका सिंहको अनुपस्थितिले राजनीतिक वृत्तमा चासो बढाएको छ।

रास्वपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदमध्ये चर्चित मानिएका सिंह हालै सार्वजनिक अभिव्यक्तिका कारण पनि चर्चामा थिए। महाधिवेशनको महत्वपूर्ण उद्घाटन सत्रमै उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।