समाचार

    Showing 10,341-10,350 of 26,673 items.
  • नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 335 पटक पढिएको
  • बिरगञ्जको एक होटलमा बुवा छोरा मृत फेला

    सर्लाही । पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए। तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 356 पटक पढिएको
  • बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

    काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 374 पटक पढिएको
  • रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता  झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।  

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 368 पटक पढिएको
  • रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गमा पुनः निर्माणकार्य तीव्र

    रामेछाप । असोज १७, १८ र १९ गतेको अविरल वर्षाले आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य बाढीले राजमार्गका विभिन्न भाग क्षतिग्रस्त बनाएको थियो। अब स्थानीय तह र सडक डिभिजन कार्यालयहरूको समन्वयमा पुनः निर्माण कार्य सुरु भएको हो।रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ। खोलाको बहाव केही घटेपछि सोमबारदेखि सडक पुनः निर्माणको काम अगाडि बढाइएको उनले बताए। ‘डाइभर्सन बनाउनका लागि स्थानीयहरू, प्रहरी

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 452 पटक पढिएको
  • सुनसरीमा जुवाको खालमा प्रहरीको छापा, ७ जना पक्राउ

    सुनसरी— जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–१ निवासी ५२ वर्षीय रमानन्द महतोसहित अन्य ६ जना रहेका छन्। उनीहरूलाई मंगलबार राति छापा मारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँसहित १६ बुक तास बरामद गरेको जनाएको छ।हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 583 पटक पढिएको
  • किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    बाँकें— बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–५ उर्लिहवाबाट १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय प्रेम थारू रहेका छन्। उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।थारूले पीडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 563 पटक पढिएको
  • राष्ट्र बैंकले ११ दिनका लागि २० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौं— बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा झिक्दै आएको छ ।दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो । आज नियमित पैसा निकाल्ने दिन रहेकाले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ११ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 499 पटक पढिएको
  • बुबा–छोरा होटलको कोठामा मृत अवस्थामा फेला

    वीरगञ्ज— वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बुबा र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार छिमेकी राष्ट्र भारतको वेस्ट बंगाल भुवनेश्वरका नागरिक रहेका ६७ वर्षीया सजल आचार्य र २४ वर्षीया सागर आचार्य भानुचोकमा रहेको होटलको कोठामा मृत फेला परेका हुन् । होटलले दिएको जानकारी अनुसार ती बाबु छोराले उपचारको लागि नेपाल आएको उल्लेख गर्दै असोज १९ गते आईतबार दुई दिनको लागि भनेर कोठा बुक गरेका थिए । आईतबार साँझ र सोमबार बिहान होटलमा खाना खाएका तर सोमबार साझ र मंगलबार ब

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 583 पटक पढिएको
  • बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

    काठमाडौं— असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक स

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 572 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.