समाचार

    Showing 10,381-10,390 of 24,711 items.
  • रास्वपा बैठक : रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ ।शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो ।यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ । यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ,

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 260 पटक पढिएको
  • इन्टरनेटको काम गर्दै गर्दा पोलमा चढेका युवकको करेन्ट लागेर निधन

    नेटको तार तान्न बिजुलीको पोलमा चढेका युवाको करेन्ट लागेर ज्यान गएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका-११ नेपालटार हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका-८ घर भएका २४ वर्षीय राजन भुजेलको शुक्रबार बिहान मृत्यु भएको हो।नेटको तार तान्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 699 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको ‘तीन सन्तान’ भनाइमा माधव नेपालको व्यंग्य : १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन

    काठमाडौं –  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १६ वर्षमा बिहे गरे ओली झन् खुसी हुन सक्ने बताए ।केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, "अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।"

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 630 पटक पढिएको
  • अन्तिम मिनेटमा सुक्रिया मियाँको गोल, नेपालले साउदी अरेबियालाई हरायो

    भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल प्रतियोगितामा नेपाली टोलीले पहिलो जीत हासिल गरेको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलले हराएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा नेपाली टोलीले अन्तिम समयमा निर्णायक गोल गरेको थियो । निर्धारित समयको ९० औं मिनेटमा नेपालका लागि सुक्रिया मियाँले निर्णायक गोल गरेकी थिइन् । उक्त नतिजापछि नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । जितसँगै नेपाली टोली अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक जोडेको छ । एक खेलबाट तीन अंक बटुलेको उत्तर कोरिया दोस्रो स्थानमा आ

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 671 पटक पढिएको
  • पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 822 पटक पढिएको
  • पर्सामा ११ वर्षीया बालिकामाथि बलात्कार : १० रुपैयाँ देखाएर जंगल लगेर दुष्कर्म, एक जना पक्राउ

    वीरगन्ज – पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर  बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्।प्रहरी अनुसार गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यही दिन किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 746 पटक पढिएको
  • एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन् : अध्यक्ष नेपाल

    काठमाडौं –  पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् । उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ । यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त । त्यो चाहीं महास

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 390 पटक पढिएको
  • हेटौंडामा वडाध्यक्ष र व्यापारी कुट्ने दुई जना पक्राउ

    हेटौंडा— हेटौंडामा व्यापारी र वडाध्यक्षलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। जेठ २९ गते हेटौंडा–१० मा रहेको दास इम्पोरियमका सञ्चालक राजाबाबु दासलाई फलामे रड र काठको बेलनले कुटपिट गर्ने बुद्ध मोक्तान (हरि) पक्राउ परेका हुन्। उनी हेटौंडा–१२, पदमपोखरीका हुन् । उनी घटनापछि घरमा लुकिछिपी बसिरहेका थिए।त्यस्तै, असार ४ गते हेटौंडा–१ वडा कार्यालयमै वडाध्यक्ष सविन न्यौपानेलाई कुटपिट गरेको आरोपमा विजय थिङ (नेप्टे) पक्राउ परेका छन्। उनी मनहरी गाउँपालिका–२ का हुन् र हेटौंडा–८, कमानेबाट पक्राउ परेका हुन्।जनप्रतिनिधिमाथिको आक्रमणपछि हेटौंडा उपमहानगरका वडाध्यक्ष र उपमेयर राजेश बानियाँले असुरक्षाको म

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 594 पटक पढिएको
  • उचित बजार मूल्य नपाएपछि किसानले सडकमा फालिदिए खुर्सानी

    बैतडी— उचित मूल्य नपाएपछि बैतडीको पाटन नगरपालिका–७ का किसान हर्क बहादुर चन्दले डडेल्धुरा बसपार्कमा करिब दुई कट्टा खुर्सानी सडकमा फालेका छन्। बिहीबार बिहान चन्दले स्थानीय बजारमा आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै आक्रोशमा आएर खुर्सानी सडकमा फालेका हुन्। उनका अनुसार महिनौं लगाएर उत्पादन गरेको खुर्सानी व्यापारीहरूले न्यून मूल्यमा लिन खोजेपछि उनले यस्तो कदम चाल्न बाध्य भएका हुन्।'हामी किसानहरूले दुःख गरेर उत्पादन गर्दा पनि बजारमा मूल्य नपाउँदा मन कुँडिन्छ,'चन्दले भने, 'हामीले लागत पनि उठाउन सक्दैनौं भने किन खेती गर्ने?'स्थानीय किसानहरू भन्छन्, सरकारले किसानको उत्पादनको न्यूनतम समर्थन मूल

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 570 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ

    विराटनगर— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।विहीबार मोरङको विराटनगर–१५ स्थित इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत, अररिया फारबिसगञ्ज निवासी ३५ वर्षीय सिकन्दर बाखत र सरफराजलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट १४१ ग्राम ब्राउन सुगर फेला परेको हो।यस्तै, झापाको दमक नगरपालिका–४ की २६ वर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका–५ का २७ वर्षीय संजीव लिम्बु, वसन्त राई, तथा कमल गाउँपालिका–४ का सन्द

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 667 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.