समाचार

    Showing 10,721-10,730 of 26,679 items.
  • मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा

    काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ । असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ ।फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ ।यस्ता अराजक क

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 279 पटक पढिएको
  • अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 673 पटक पढिएको
  • विश्वकप फुटवललाई लक्षित गर्दै चीनमा खेल सामग्री उत्पादन तिब्र

    एजेन्सी । फिफा विश्वकप फुटवल २०२६ लाई लक्षित गर्दै चीनले सम्बन्धित खेल सामग्रीहरुको उत्पादनलाई तिब्रता दिएको छ ।विश्वकपको सामानको लागि ‘वार्म–अप’ माग बढ्ने देखिएपछि विश्वकपसँग सम्बन्धित व्यापारिक सामानको माग बढ्दै गएको होयद्यपि प्रतियोगिता हुन अझै नौ महिना बाँकी छ। सामान उत्पादन सून्य रहेको अवस्थामा चीनले चहलपहल बढाएको हो ।‘हामी मिश्रित सामानहरू, केही दैनिक प्रयोगका चीजहरू किनिरहेका छौं,’ एक पसलेले भने ।अन्तर्राष्ट्रिय व्यापार बजारका व्यापारीहरू भन्छन् कि तिनीहरू गत मेदेखि फिफा सम्बन्धित सामानहरूमा काम गरिरहेका छन्।स्कार्फहरू, टोपीहरू र चश्माहरू राम्रो विक्री हुने अनुमान छ । धेरै खरीददारहरू सं

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 416 पटक पढिएको
  • मन्त्री घिसिङ र युरोपेली सङ्घका राजदूतबीच भेट

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली सङ्घका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 325 पटक पढिएको
  • दशैँ–तिहारमा हवाई भाडा दोब्बरले बढेपछि, सेवा प्रदायकलाई नबढाउन प्राधिकरणको आग्रह

    काठमाडौं— सरकारले दशैँ, तिहार लगायतका चाडपर्वहरूमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रवार कुरा गर्दै चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन्। उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखी सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन सम्बद्ध सबै पक्षलाई भनिएको जानकारी दिए।सूचना अधिकारी भुलले हवाई सेवा कम्पनीहरूलाई बोलाएर कम्तीमा अधिकतम भाडादरको टिकट नबेच्न र त्यसभन्दा एकरदुई क्लास तल्लो भाडादर  मा टिकट बेचिदिन आग्रह गर

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 677 पटक पढिएको
  • डा. प्रभात अधिकारीले रास्वपाको केन्द्रीय सदस्य पदबाट राजीनामा

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य डा. प्रभात अधिकारीले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्।उनको राजीनामाको पुष्टि पार्टी सचिवालयका सदस्य दीपक बोहराले गरेका छन्। बोहरा भन्छन्, “प्रभातजीले आज राजीनामा दिनुभयो, तर उहाँले राजीनामाको कारण भने खुलाउनु भएन।” पछिल्लो समय रास्वपाभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको पाइएको छ। यसअघि पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पनि यस्तै असन्तुष्टिको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएकी थिइन्।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 689 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला  १२ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार  भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७  सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 670 पटक पढिएको
  • फरार १४ हजारमध्ये ८ हजार कैदी नियन्त्रणमा, अझै ६ हजार बेपत्ता

    काठमाडौं— देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्।फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन्।फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुध

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 587 पटक पढिएको
  • पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

    चितवन, १० असोजः नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो ।  भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा ३०० देखि ३५० यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले ४६० हाराहारी पुगेका छन्

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 357 पटक पढिएको
  • दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

    दमौली (तनहुँ), १० असोजः विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् । दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.