समाचार

    Showing 10,851-10,860 of 26,679 items.
  • विजयादशमीमा चुरेमाई मन्दिरमा भक्तजनको चहलपहल कम

    मकवानपुर— विजयादशमीको अवसरमा मकवानपुर र बाराको सिमानामा अवस्थित चुरेमाई मन्दिरमा यस वर्ष भक्तजनको भीड कम देखिएको छ । प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यसपटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।समितिका अनुसार विगतका वर्षहरूमा हजारौँ भक्तजनको उपस्थितिमा पूजाआजाका कार्यक्रम हुने चुरेमाई मन्दिरमा यस वर्ष अपेक्षाकृत कम मात्र श्रद्धालु पुगेका छन् । समितिले यसपटकको कम उपस्थिति विभिन्न कारणहरूले प्रभावित भएको हुनसक्ने जनाएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 765 पटक पढिएको
  • सिरहामा एक युबकको अपहरण गरि हत्या

    सिराहा  ।  सिरहाको गोलबजारमा अपहरण गरि एक युबकको अपहरण गरि हत्या गरेका छ।  अपहरणकारिले युबकलाइ अपहरण गरि पाँच करोड फिरौती माग गरेका थिए । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ भेल्हा डंगराहाका एक युबकको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा शव फेला परेका छ्न ।संजय सिंहका छोरा अ.वर्ष -१५ का अभिषेक सिंहको हत्या गरेर उनकै आफ्नतको आँप गाछिमा फालेका हुन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 456 पटक पढिएको
  • ‘बुलेटे आमा’ सुशिला उप्रेतीले प्रधानमन्त्री सुशीला कार्कीसंग भेटघाट गर्दै

    काठमाडौं— बुद्धशान्ति गाउँपालिका–३ की बासिन्दा सुशीला उप्रेती तिवारी, जो ‘बुलेटे आमा’ का नामले चिनिन्छिन्, उनले असोज ४ गतेदेखि नयाँ अन्तर्राष्ट्रिय बुलेट बाइक यात्रा सुरु गरेकी छन् । नेपाली महिला सशक्तिकरण, संस्कृति तथा विश्वशान्तिको सन्देश लिएर उनले यसपटक इजरायलसहित अन्य देश भ्रमण गर्ने योजना बनाएकी छन् ।६० वर्ष नाघिसकेकी ‘बुलेटे आमा’ ले यसअघि नै भारत, बङ्गलादेश, मलेसिया र थाइल्याण्ड भ्रमण गरिसकेकी छन् । बुलेट मोटरसाइकल चढ्दै ५७ भन्दा बढी जिल्लामा पुगेर नेपाली महिलाको साहस र क्षमताको परिचय दिइसकेकी उनले यसपटकको यात्रा झन् व्यापक र प्रभावशाली बनाउने लक्ष्य लिएकी छन् ।यात्राको पूर्वसन्ध्यामा ‘ब

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 856 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (मंगलबार) बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तक्रिर्याको लागि भनेर अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् । बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 536 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु

    काठमाडौं—  एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ ।कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो ।आवेदकले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटल र प्रभु बैंकका शाखा तथा अनलाइ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 523 पटक पढिएको
  • १५ वर्षे किशोरको अपहरणपछि शव भेटियो

    सिरहा—  सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए ।  यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ । अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 570 पटक पढिएको
  • काठमाडौंबाट दसैं यात्राः गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित

    काठमाडौं— नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादसैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको गति सुरु भइसकेको छ ।काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 610 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, लुम्बिनी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको केहि

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 443 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठामाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १३ पैसा र बिक्रीदर १

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 429 पटक पढिएको
  • राष्ट्रिय सतर्कता केन्द्रको कार्यालयमा क्षति, अभिलेख सुरक्षित

    काठमाडौं— राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित रहेका छन्। जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको भुइँ तल्लामा रहेको केन्द्रका करिब दुई दर्जन सवारीसाधनमा आगजनी गर्नुका साथै कुर्सी, टेबुल र दराजसहितका फर्निचर भने आन्दोलनकारीले तोडफोड गरेका थिए।कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति वि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 697 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.