समाचार

    Showing 11,191-11,200 of 26,682 items.
  • जेनजी आन्दोलनको तस्विर र भिडियो उपलब्ध गराउन प्रहरीको माग

    काठमाडौं— नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ ।उपलब्ध गराउन माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको हो ।गोपनियता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्याउने उद्देश्यले भिडियो तथा फोटोहरु उपलब

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 490 पटक पढिएको
  • प्रवक्ता झा भन्छन बबरमहलको क्षतिको विवरण आउन १० दिन लाग्छ

    काठमाडौं— बबरमहलमा रहेको सडक विभागको भवन आगलागीले ध्वस्त भएसँगै ललितपुरको चाकुपाट सर्ने भएको छ। प्रवक्ता प्रभातकुमार झाले आगलागीले ध्वस्त भएका कारण ललितपुर सरेर सञ्चालनमा आउने जानकारी दिए। उनले भने, ‘क्षतिको विवरण एकीन हुँदै छ। १० दिनजति समय लाग्ला।’उनका अनुसार सात दिनपछि मात्र चाकुपाटबाट सेवा सुरु गर्ने तयारी छ।२०७२ को भूकम्पपछि चाकुपाटबाटै काम गरिरहेको विभाग २०८० मंसिरमा बबरमहलको रेट्रोफिटिङ (प्रबलीकरण)पछि काठमाडौंमै फर्किएको थियो। तर १२० वर्ष पुरानो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ। बबरमहलमा ३०० कोठा थिए। चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 521 पटक पढिएको
  • ‘हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर

    काठमाडौं –  जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी) को तस्बिर र ब्यानर पुनः राखिएको छ ।भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पुरयाएका थिए ।उक्त घटनापछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् ।उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौं भन्दै ब्यानर झुण्ड्याएका छन्

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 666 पटक पढिएको
  • कारागार भत्काएर भाग्न खोजेका कैदीलाई नियन्त्रण लिइयो

    वीरगन्ज । पर्सास्थित वीरगन्ज कारागारमा कैदीबन्दीहरूले तोडफोड र भाग्ने प्रयास गरेपनि कोहीपनि भाग्न नसकेको कारागार प्रशासनले स्पष्ट पारेको छ ।कारागार प्रशासक बाबुलाल रेग्मीले जारी गरेको सूचनाअनुसार, भदौ २४ गते राति ११ बजेदेखि सुरु भएको घटनामा कैदीबन्दीहरूले सीसीटीभी क्यामेरा फुटाउने र भित्री संरचना ध्वस्त पार्ने प्रयास गरेका थिए ।साथै, कारागारको बाहिरी पर्खालका तीन स्थानमा भत्काएर बाहिर निस्कने प्रयास भएपनि सुरक्षाकर्मीले विभिन्न रणनीति अपनाई सबैलाई नियन्त्रणमा लिएका थिए।प्रशासनका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन र कारागारमा रहेका सबै कैदीबन्दीहरू पूर्ण रूपमा सुरक्षित छन् । हाल काराग

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 646 पटक पढिएको
  • आपराधिक गतिविधि देखिए टोल फ्री नम्बर १११४ मा फोन गर्न सशस्त्र प्रहरीको आग्रह

    काठमाडौं— सशस्त्र प्रहरीले देशमा शान्ति र सुव्यवस्था कायम गर्न तथा जनताको सुरक्षाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ। हालैको विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी संयमताका साथ देश र जनताको सेवामा खटिएको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालले आफ्नो मुख्य जिम्मेवारीअन्तर्गत सीमा सुरक्षामा कुनै पनि किसिमको विचलन नआएको स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय सीमामा रहेका अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा सीमा अपराध, घुसपैठ र अतिक्रमण जस्ता कार्यहरू रोक्न प्रहरी प्रभावकारी रूपमा परिचालन भइरहेको जनाइएको छ।सशस्त्र प्रहरी बलले हालैको विषम परिस्थिति सामान्यीकरण हुँदै गर्द

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 684 पटक पढिएको
  • प्रधानसेनापति शीतल निवासबाट बाहिरिए

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरी प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन  शीतल निवासबाट बाहिरिएका छन् ।  प्रधानसेनापति सिग्देलले राष्ट्रपति पौडेलसँग आधा घण्टा छलफल गरेका थिए ।  छलफलको विषय आधिकारिक रुपमा सार्वजनिक नभए पनि विकसित पछिल्लो घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ ।आजै जेन-जीले प्रधानमन्त्रीका रुपमा अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोलीले राष्ट्रपतिसँग छलफल गर्ने छ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 666 पटक पढिएको
  • संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न मुस्लिम संघको माग

    काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी पुस्ताको माग सम्बोधन गर्ने क्रममा २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले नेपालको संविधानभित्रैबाट निकास खोज्नुपर्नेमा जोड दिएको हो । संघका महासचिव प्रवेज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।संघले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई जायज मानेपनि सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायतका सरकारी तथा नि

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 530 पटक पढिएको
  • जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप

    काठमाडौं— सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो । लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 769 पटक पढिएको
  • कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले मुलुकको विद्यमान संकटपूर्ण अवस्थामा मानव अधिकार, लोकतान्त्रिक मूल्य र कानुनी शासनको सिद्धान्तलाई आधार मानेर समाधान खोज्न आग्रह गरेको छ।आज आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग निरन्तर सम्पर्कमा छ। अहिलेको जटिल परिस्थितिमा संविधानमा उल्लिखित लोकतान्त्रिक मूल्य, मानव अधिकार र कानुनी शासनका सिद्धान्तहरूलाई पछ्याएर समाधान खोजिनु उपयुक्त हुन्छ भन्ने आयोगको धारणा छ।'विज्ञप्तिमा आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति र कानुनी शासनको रक्षाका लागि आवश्

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 493 पटक पढिएको
  • प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई

     काठमाडौं— जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  ।प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् । सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए । उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइको लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा सयुक

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 669 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.