समाचार

    Showing 11,501-11,510 of 26,686 items.
  • काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, कर्मचारी नगदसहित नियन्त्रणमा

    काभ्रे— मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ। टंगालस्थित अख्तियारको टोलीले कार्यालयमा विशेष अनुगमन गर्दै छापा हानेको हो।छानबिनका क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।प्राप्त सूचना र अनुसन्धानको आधारमा छापा मारिएको जनाउँदै आयोगले अनुसन्धानलाई अगाडि बढाइएको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 640 पटक पढिएको
  • प्रधान सेनापतिबाट पदोन्नति प्राप्त अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं— प्रधान सेनापति अशोक राज सिग्देलले हालै पदोन्नति भएका नेपाली सेनाका दुई वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।भदौ ९ गते उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई जंगी अड्डामा आयोजित विशेष समारोहमा चिन्ह प्रदान गरिएको हो। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृत पदमा नियुक्त भएका छन्।त्यसैगरी, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथीमा पदोन्नति गरिएको छ। उनलाई पनि प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे।समारोहमा बलाधिकृत, बलाध्यक्ष, विभिन्न रथी तथा अन्य वरिष्ठ अधिकृतहरूका साथै पदोन्नति भएका अधिकृतका परिवारजनहरूको समेत उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 646 पटक पढिएको
  • युद्धका कारण शिक्षाबाट वञ्चित गाजाका विद्यार्थी

    एजेन्सी— सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको शुरुवात हो। तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना गत वर्ष जस्तै टाढाको आशा बनेको छ।मध्य गाजापट्टी शहर देइर अल–बलाहमा रहेको विस्थापन शिविरको प्रवेशद्वारमा १२ वर्षीया मारमा चुपचाप बसिरहेकी थिइन्। उनको छेउमा पुरानो धुलोले ढाकिएको झोला राखिएको थियो। आफूहरूको जीवन पहिलाको जस्तै होस् भन्ने चाहेको उनी बताउँछिन्। संयुक्त राष्ट्र संघद्वारा जारी तथ्याङ्कअनुसार युद्धले पूर्वाधारलाई ध्वस्त पारेको छ। विद्यालयहरू विस्थापित परिवारहरूको लागि आश्रयमा परिणत गर

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 771 पटक पढिएको
  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते बिहीबार अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए।  महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महा

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 591 पटक पढिएको
  • पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका गम्भीर

    काठमाडौं— राजधानीको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका घाइते भएका छन् ।पद्मोदय मोडबाट कमलादी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । दुर्घटनामा ९ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ घर भएकी ५ वर्षीय आशिका राई घाइते भएका छन् । विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचार हुँदै छ । आशिकाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । माइक्रो चालक सिन्धुपाल्चोक घर भएका २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले पक

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 764 पटक पढिएको
  • चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन

    काठमाडौं— चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको उमेरमा निधन भएको हो।ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा. ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी  उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्।  २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उनी केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 808 पटक पढिएको
  • अपहरण गरी बन्धक बनाएको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं— काठमाडौंको तार्केश्वर नगरपालिकास्थित फुटुङबाट एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा तार्केश्वर–१ का ४४ वर्षीय विराट सिंह लवट उर्फ 'मंगल दास', सोही ठाउँका ४४ वर्षीय राज लवट खत्री, र वडा नम्बर–७ का ३९ वर्षीय सन्तोष महर्जन रहेका छन्।उनीहरूलाई सोमबार दिउँसो तार्केश्वर–७ निवासी राजु पण्डितलाई अपहरण गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। घटनापछि प्राप्त सूचना आधारमा करिब दुई घण्टामै पीडितको उद्धार गरिएको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।उनका अनुसार अपहरणको कारण आपसी जग्गा कारोबारसम्बन्धी लेनदेन विवाद रहेको

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 535 पटक पढिएको
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ

    काठमाडौं— आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो । आज बस्ने बैठकमा समितिको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 594 पटक पढिएको
  • चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

    काठमाडौं— जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ । सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ / २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् ।दीपस्तम्भमाथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ । समारोहमा

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 777 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूचीसहित

    काठमाडौं— आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईल ‘जलस्रोत विधेयक’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आज सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।&nbs

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 599 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.