समाचार

    Showing 11,641-11,650 of 26,686 items.
  • मानव बेचबिखनविरुद्ध सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

    काठमाडौं— मानव बेचबिखनविरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा “मानव बेचबिखनको सवालमा सञ्चार क्षेत्रको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ। कार्यक्रम शक्ति समूह र कियाशील पत्रकार महिला (डब्लु डब्लु जे) को संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने छ।मानव बेचबिखनको जोखिममा परेका महिला, बालिका र किशोरीहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको शक्ति समूहले सञ्चार माध्यमहरूको प्रभाव र उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरेको जनाएको छ।शक्ति समूहका रणनीतिक तथा पैरवी निर्देशक चरिमाया तामाङले जारी गरेको सूचनामा, कार

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 684 पटक पढिएको
  • एनपी साउद भन्छन उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद एनपी साउदले उखु किसानहरूलाई बक्यौता भुक्तानी नदिइएको र सरकारले दिनुपर्ने अनुदान कटौती गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसानहरू विशेषतः उखु किसानहरू वर्षौंदेखि निरन्तर अन्यायमा परेको बताएका हुन् ।‘नेपाल कृषि प्रधान देश भएपनि उखु किसानहरु निरन्तर अन्यायमा परिरहेका छन् । हाल सरकारले प्रदान गर्दै आएको अनुदान कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू राजधानीको माइतीघरमा धर्ना दिन बाध्य भएका छन्,’ उनले भने, ‘यो अवस्था हाम्रो कृषि आधारित अर्थतन्त्र र उखु उत्पादन चक्रका लागि गम्भीर चि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 781 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 672 पटक पढिएको
  • बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु

    बारा— बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।सिम्रौनगढ नगरपालिका— २ अमृतगन्ज बस्ने ६५ वर्षीय रामेश्वर महत्तोको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 631 पटक पढिएको
  • सर्लाहीबाट २५ केजी गाँजासहित सन्ते पक्राउ

    सर्लाही  ।  इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–८ खतिवडा चोक नजिकबाट करिब २५ केजी गाँजासहित १ युवकलाई पक्राउ गरेको छ ।पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागी रोक्न खोज्दा चालकसहित २ जना सवार युवक झोला फालेर खेततर्फ भागेका थिए । प्रहरीको पछ्याइपछि लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन पक्राउ परे पनि अर्का युवक फरार छन् ।बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 510 पटक पढिएको
  • कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव

    काठमाडौं— नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन्।‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’ उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुन व्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’उनले केही दिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विष

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 663 पटक पढिएको
  • १५ लाखको गाडीमा ७ लाखभन्दा बढीको अवैध कपडा फेला

    सिरहा— सिरहाको लहानमा भारतबाट ल्याइएको अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा लुकाइएका कपडासहित गाडी नियन्त्रणमा लिएको हो।लहान नगरपालिका–१९ छारापट्टी चोकमा सशस्त्र प्रहरी सुरक्षा बेसको मोबाइल टोलीले चेकजाँचका क्रममा ती सामान फेला पारेको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीले गरेका थिए।ठाडी–लहान भित्री सडकखण्डमा चेकजाँच भइरहेका बेला बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो स्करपियो जाँच नगरी तीव्र गतिमा फरार भएको थियो। त्यसपछि सशस्त्र प्रहरीले गाडीको पिछा गर्दा लहान नगरपालिका–१९ कटाहा चोकमा गाडी बेवारिस अवस्थामा भेटिएको हो।सशस्त

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 712 पटक पढिएको
  • दलहरूमाथि दबाब बढाउँदै आन्दोलनरत शिक्षक माओवादी केन्द्रमा

    काठमाडौं— शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए । बुधबार नेपाली कांग्रेस र बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको महासंघ आज माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिन पुगेको हो ।अध्यक्ष सुवेदीका अनुसार महासंघले  दिउँसो १ बजे पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाउने छ । उनल

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 634 पटक पढिएको
  • भन्सार छलीको सामानसहित भारतीय स्कारपियो गाडी प्रहरीको नियन्त्रणमा

    लहान  ।   लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको सशस्त्र प्रहरीले जनाएको छ ।पिछ गर्दै जाँदा सो गाडी लहान–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेलापरेको हो । गाडी जाँच गर्दा सात लाख चार हजार ८५० मूल्यबराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।स्कारपियोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्या

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 459 पटक पढिएको
  • अवैध रुपमा गोरु लैजाँदै गरेको ट्रक बर्दघाटमा नियन्त्रणमा

    परासी— पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो। तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 797 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.