समाचार

    Showing 11,701-11,710 of 26,686 items.
  • मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट

    वीरगन्ज— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव कार्की र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना र प्रदेशस्तरीय साझेदारी लगायत विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री कार्कीले इजरायलसँग कृषिको आधुनिकीकरण, सीपमूलक तालिम, श्रमिक व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सहयोगको अपेक्षा राखेको बताए।राजदूत गोडरले इजरायल नेपालसँग सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको र प्रदेशस्तरीय पहलहरूमा पनि सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका थिए।भेटवार्तामा प्रदेश सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 609 पटक पढिएको
  • उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

    काठमाडौं— उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।बुटवलको सुप्रिम सहकारी ठगी

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 808 पटक पढिएको
  • रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउने

    बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउनेयसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 706 पटक पढिएको
  • बुढानीलकण्ठमा राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    काठमाडौं— बुढानीलकण्ठ नगरपालिका—३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । उनले चलाएको बागमती प्रदेश—०२—०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबारराति सवा ९ बजेतिर दुर्घटना भएको थियो । अनियन्त्रित मोटरसाइकल  बा२ज ४९११ नम्बरको ट्याक्सीमा समेत ठोक्किन पुगेको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका केवीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । त्यहाँबाट रेफर गरी मण्डिखाटारस्थित हेम्स अस्पताल लगिएकोमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील र

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 514 पटक पढिएको
  • करेन्ट लागेर एक जनाको मृत्यु

    बाँके— बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 609 पटक पढिएको
  • १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका दुई अभियुक्त काठमाडौंबाट पक्राउ

    काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको साविक पुरहरि गाविस–८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम (बुढामगर) रहेका छन्।सिआइबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार उनीहरूलाई १५ असार २०६७ मा घटेको घटनासम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। टण्डन र बुढामगरले तुलसीपुरबाट एक युवतीलाई अपहरण गरी दाङको पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए।उक्त घटनामा अदालतले टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैदको सजाय सुनाएको थियो। तर, उनीहरू फरार रहँदै आएका थिए।अहिले पक्राउ परेका

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 578 पटक पढिएको
  • एनपी साउद भन्छन सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गरेर उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । ‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले फेसबुकमा लेखेका छन् । पूर्वपरराष्ट्रमन्त्री साउदले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको ३५ रुपैयाँ प्रति क्विन्टललाई तत्काल पहिलाक

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 586 पटक पढिएको
  • हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवा पक्राउ

    स्याङ्जा— जिल्लाको आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २२ वर्षीय रामकिसन गुरुङ रहेका छन्।पुतलीबजार नगरपालिका—२ स्थित चिरुवामा हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्रका झ्याल र ढोका तोडफोड गरेको भन्दै प्रहरीले गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।आइतबार राति स्वास्थ्य केन्द्रको झ्याल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङको संलग्नता पाएपछि पक्राउ गरेको हो।सोही वडाका स्थानीय गुरुङलाई पक्राउ गरी आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 646 पटक पढिएको
  • सुटकेस शव : पक्राउ परेका पासवान अस्पताल भर्ना

    रौतहट – रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी  साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले  लक्ष्मण पासवानलाई आज बिहान पक्राउ गरेको हो । प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो  ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए । उनका अनुसार  आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 710 पटक पढिएको
  • मोरङ कारागारको शौचालयमा झुन्डिएको अवस्थामा महिला भेटिइन

    विराटनगर— जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन् ।​ महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा उनको शव फेला परेको जेलर गौरव ढुंगेलले जानकारी दिए ।जेलर ढुंगेलका अनुसार, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन् ।कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते जन्म कैदको सजाय सुनाएको थियो । उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थिइन् । भट्टराईका दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् ।उनी र एक सन्तानको उद्धार गरिएको थियो । तर पछि अर्का नाबालकको पनि मृत्यु भएको थिय

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 758 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.