समाचार

    Showing 12,851-12,860 of 26,699 items.
  • झापा र सुनसरीबाट लागू औषध सहित ७ जना पक्राउ

    विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।साउन ६ गते, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थितबाट ३० वर्षीय सुनिल चापागाईं, नुवाकोट तादीका ३० वर्षीय मन कुमार दर्जी र उनकी २६ वर्षीया श्रीमती शशी खत्रीलाई ३७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान–१३ की २८ वर्षीया पुष्पा राईलाई ५८० मिलिग्राम ब्राउन सुगरसहित उनकै कोठाबाट नियन्त्रणमा लिएको छ।धरान–१७ बाट भने अस्थायी प्रहरी चौकी रेल्वेले ट्राम

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 688 पटक पढिएको
  • आशा लघुवित्तमा जागिरको अवसर

    काठमाडौं— आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । यस संस्थाले अधिकृत,कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कर्मचारी माग गरेको हो। संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । यसका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन २१ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 562 पटक पढिएको
  • रौतहटमा सिँचाइका क्रममा करेन्ट लागेर दुई किसानको ज्यान गयो

    रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ। जिल्ला अन्तर्गत छुट्टाछुट्टै स्थानमा घटेका घटनामा मोक्तार देवान (४२), कटहरीया नगरपालिका–२ जमुनिया निवासी, र रामबाबु मुखिया (४०), माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुर निवासी, को ज्यान गएको हो।गएको राति मोक्तार देवान धान खेतमा मोटरमार्फत सिँचाइ गर्दै गर्दा करेन्ट लागेका थिए। घाइते अवस्थामै उनलाई गरुडास्थित ग्रान्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए।त्यसैगरी, आज बिहान करिब ७ बजे रामबाबु मुखिया पनि आफ्नै खेतमा सि

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 688 पटक पढिएको
  • सुर्खेतमा डेङ्गु संक्रमण बढ्दै, सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयको आग्रह

    हुम्ला— कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डेङ्गु संक्रमणको दर वर्षेनि बढ्दै गएको पाइएको छ। पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,८३३ जना डेङ्गु संक्रमित फेला परेका छन्, जसमा चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरू वीरेन्द्रनगर नगरपालिकाका १,४१६ जना थिए। त्यस्तै गुर्भाकोटमा १४३ जना, पञ्चपुरीमा १३५ जना, लेकबेँसीमा ३८ जना, भेरीगङ्गामा २९ जना, बराहतालमा १७ जना, चौकुनेमा ११ जना, चिङ्गाडमा ९ जना, र सबैभन्दा कम सिम्तामा ६ जना संक्रमित भेटिएका थिए।जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गु सम्पर्क व्यक्ति उदय बिसी का अनुसार, पछिल्ला वर्षहरूमा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 874 पटक पढिएको
  • शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्‍न गरी शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले शहीदहरू, बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको बताएका हुन् ।उनले भने,‘जवाफ संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्‍न गरी शान्ति प्रकियालाई टुङगोमा पु‍र्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ। संविधानले निर्देशन गरे बमोजिम शहीदहरू, बेपत्ता र द्वन्द्व पीडित

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 667 पटक पढिएको
  • सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिती हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा लागेका मानिसलाई सरकारी कार्यक्रमको प्रमुख अथिति बनाउदाँ संसदको अवमूल्यन हुने बताएका छन् ।केही दिन अघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए । बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले सरकारी कार्यक्रममा बस्नेतको उपस्थिती संसदको अवमूल्यनका साथै नैतिकता र जन विश्वासमाथि ठूलो हमला भएको बताए । उनले भने,‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 494 पटक पढिएको
  • आफ्नै छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु

    सुनसरी— सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराले आफ्नै बुवालाई छुरा प्रहार गर्दा मृत्यु भएको छ । ६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मोहम्मदले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका सचिव अंसारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले घटनापछि अभियुक्त मोहम्मद रियाज अंसारीलाई नियन्त्रणमा लिइएको जा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 678 पटक पढिएको
  • विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिन आवश्यक छ :सांसद खान

    काठमाडौं – जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्  ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए । उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् । ‘प्रत्येक बर्ष विदेशमा नेपालीहरु १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ । १३ जुलाई २०२५ मा बर्षातको कारणले गर्दा २२ बर्षको राजन यादव र रोजिन  ओली २

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 491 पटक पढिएको
  • सार्वजनिक लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद

    काठमाडौं – बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया र यसमा उठेका विवादका विषयमा गम्भीर छलफल भएको छ । बैठकमा आयोजनामा देखिएको ढिलाइ, ठेक्का प्रक्रियामा देखिएको अनियमितताबारे छलफल भएको हो ।नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आयोजनाको ढिलाइका कारण मुलुकलाई ठूलो आर्थिक घाटा भएको बताउँदै निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन जोड दिए । उनले भने, ‘जगदुल्लाको कुरा के हो भने हामीले एक वर्ष ढिला गर्दा ३ अर्ब ७५ करोड गुमाइरहेका छौं । १८ महिनामा त्यो भन्दा बढी घाटा भइसक्यो । आज बैंकमा पैस

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 519 पटक पढिएको
  • ‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

    काठमाडौं – आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए । उनले भने, ‘तराई मधेशमा खानेपानीको हाहाकार छ । अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकि सकेका छन् । सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन् । म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होईन् । खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छु । सरकारक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.