काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रकियालाई टुङगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा
सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले शहीदहरू, बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा
सरकार दृढ रहेको बताएका हुन् ।
उनले भने,‘जवाफ संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति
प्रकियालाई टुङगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ। संविधानले
निर्देशन गरे बमोजिम शहीदहरू, बेपत्ता र द्वन्द्व
पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ छ । पीडितलाई
न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । ’
साथै उनले शान्ति प्रक्रियालाई
टुंगोमा पुर्याउने विषय सबैको उत्तिकै चासो र सरोकारको विषय भएको बताए । उनले
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप
आयोग ऐन,
२०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भैइ कार्य प्रारम्भ भैइसकेको बताए ।
उनले भने, ‘द्वन्द्व पीडितहरूसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौँ । शान्ति
प्रक्रियालाई टुंगोमा पुर्याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप
आयोग ऐन,
२०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भैइ कार्य प्रारम्भ भएको छ । मलाई
विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग
बसेर,
आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ ।’