समाचार

    Showing 1,321-1,330 of 26,455 items.
  • नेपालमा महँगीको चाप तीव्र, एक वर्षमै मुद्रास्फीति झन्डै दोब्बर

    काठमाडौं। नेपालमा महँगीको दर एक वर्षमै झन्डै दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो २.७२ प्रतिशत मात्रै थियो।यसपटक खाद्यान्नभन्दा गैरखाद्य वस्तु र सेवाको मूल्य बढी बढेको देखिएको छ। यातायात, विविध सेवा, फलफूल, घिउ–तेल, शिक्षा, कपडा तथा जुत्ताचप्पलको मूल्यमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति देखिएको छ। ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगीको प्रभाव बढ

    • प्रकाशित मितिः असार २९, २०८३
    • 281 पटक पढिएको
  • नेपालको विदेशी मुद्रा सञ्चिति नयाँ कीर्तिमानमा ११ महिनामै ३७.५५ खर्ब रुपैयाँ पुग्यो

    काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको असार मसान्तको तुलनामा ४०।३ प्रतिशतले बढी हो।गत वर्ष विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा ११ महिनामै उल्लेखनीय वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा पनि सञ्चिति २६।५ प्रतिशत बढेर करिब २४ अर्ब ६८ करोड डलर पुगेको छ।कुल सञ्चितिमध्ये ३३ खर्ब ३० अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकसँग र ४ खर्ब २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग रहेको छ। विदेशी विनिमय सञ्चितिमा भारतीय

    • प्रकाशित मितिः असार २९, २०८३
    • 260 पटक पढिएको
  • मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङ प्रकरण संसदमा, घटनाको छानबिन गर्न सरकारलाई दबाब

    काठमाडौं। विभिन्न सञ्चारगृहको प्रवेशद्वारअगाडि अज्ञात व्यक्तिले सवारी पार्किङ गरेर छोडेको घटनाले संसदसम्म प्रवेश गरेको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसदहरूले विषय उठाएपछि समितिले घटनालाई गम्भीर रूपमा लिँदै सरकारको ध्यानाकर्षण गराएको छ।समिति सभापति समीक्षा बाँस्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबरको गेटअगाडि निजी नम्बर प्लेटका सवारी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाप्रति समितिको गम्भीर चासो रहेको बताइन्। उनका अनुसार ट्राफिक प्रहरीले ती सवारी हटाइसकेको जानकारी समितिले प्राप्त गरेको छ।बाँस्कोटाले सञ्चारमाध्यमलाई त्रसित बनाउने वा काममा अवरोध सिर्ज

    • प्रकाशित मितिः असार २९, २०८३
    • 224 पटक पढिएको
  • सामाजिक सुरक्षा कोषबाट डेढ करोडसम्म जग्गा किन्न ऋण, यी सर्त पूरा गरे पाइन्छ सुविधा

    काठमाडौं। घर वा घडेरी किन्ने योजना बनाएका सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन सक्ने भएका छन्। कोषले सहुलियत ब्याजदरमा जग्गा, घर, अपार्टमेन्ट खरिद, घर निर्माण, तला थप्ने तथा मर्मतका लागि कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ।घडेरी खरिदका लागि वार्षिक ६ प्रतिशत र घर कर्जाका लागि ५.८५ प्रतिशत ब्याजदर कायम गरिएको छ। तर, सबै योगदानकर्ताले अधिकतम रकम पाउने भने होइन। ऋणको सीमा तलब, धितोको मूल्यांकन र ऋण तिर्न सक्ने क्षमताका आधारमा निर्धारण हुनेछ।यो सुविधा लिन कम्तीमा १८ महिना नियमित योगदान गरेको, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको तथा अवकाश हुन कम्तीमा दुई

    • प्रकाशित मितिः असार २९, २०८३
    • 201 पटक पढिएको
  • काठमाडौंका नदीमा बहाव बढ्यो, रातभर उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं। निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाभित्र बग्ने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न थालेपछि बाढीको जोखिम पनि बढेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा डुबान प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।विभागका अनुसार बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते र मनोहरा लगायतका नदीमा जलसतह क्रमशः बढिरहेको छ। मौसमविद्ले सोमबार राति पनि उपत्यकामा थप वर्षा हुने सम्भावना औँल्याएका छन्, जसका कारण नदीको बहाव अझ तीव्र हुन सक्ने चेतावनी दिइएको छ।बाढीको सम्भावित असरलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सतर्क रहन, आवश्यक परे सुरक्षि

    • प्रकाशित मितिः असार २९, २०८३
    • 178 पटक पढिएको
  • अनलाइनखबर कार्यालयअगाडि पार्किङ गरिएको गाडी आँखा क्लिनिकका सञ्चालकको

    काठमाडौं। अनलाइनखबर कार्यालयको प्रवेशद्वार नजिक सोमबार पार्किङ गरिएको गाडीको स्वामित्व र प्रयोगबारे नयाँ विवरण सार्वजनिक भएको छ। उक्त गाडी गोकर्णेश्वर क्षेत्रमा सञ्चालित एक आँखा क्लिनिकका सञ्चालकको नाममा दर्ता रहेको पाइएको भए पनि उनले गाडी आफूले नचलाएको दाबी गरेका छन्।यातायात कार्यालयको अभिलेखअनुसार बा १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता छ। उनी काठमाडौंको गोकर्णेश्वर–९, भगवतीस्थानस्थित शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस सञ्चालन गर्दै आएका छन्।अनलाइनखबरले सम्पर्क गर्दा पौडेलले गाडी आफ्नो नाममा भए पनि अहिले अर्कै व्यक्तिले प्रयोग गरिरहेको बताए। उनले त्यस व्यक्तिको सम्पर्क नम्बर उपल

    • प्रकाशित मितिः असार २९, २०८३
    • 196 पटक पढिएको
  • विष्णु पौडेलको हिरासत फेरि लम्बियो, विशेष अदालतबाट थप ३ दिनको अनुमति

    काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको न्यायिक हिरासत पाँचौँ पटक थपिएको छ। विशेष अदालतले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।सम्पत्ति शुद्धीकरण विभागले मनी लाउन्डरिङसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ। पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए र त्यसयता अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान जारी छ।अनुसन्धान अझै निष्कर्षमा नपुगेपछि अदालतले फेरि हिरासतको अवधि बढाएको हो।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 65 पटक पढिएको
  • राजनीतिक नेताको सम्पत्ति छानबिन जारी रहन्छ आयोग

    काठमाडौं। सम्पत्ति छानबिन आयोगले राजनीतिक पदाधिकारी र उच्च सार्वजनिक अधिकारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया निरन्तर अघि बढ्ने स्पष्ट गरेको छ।आयोगका अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेशले केही विशिष्ट संवैधानिक पदाधिकारी, न्यायाधीश र नेपाली सेनासम्बन्धी वर्गमा मात्रै अस्थायी रोक लगाएको हो। अन्य राजनीतिक तथा सार्वजनिक पदाधिकारीको हकमा भने छानबिनमा कुनै अवरोध छैन।आयोगले तोकिएको प्रक्रियाअनुसार सम्पत्ति विवरण बुझाउन सम्बन्धित सबैलाई आग्रह गर्दै अन्तिम न्यायिक निर्णय नआउँदासम्म आफ्नो कानुनी कार्य नियमित रूपमा जारी रहने जनाएको छ। 

    • प्रकाशित मितिः असार २९, २०८३
    • 200 पटक पढिएको
  • अमेरिकी नागरिक डा.आनाले नेपाली श्लोक वाचन गर्दा...

    काठमाडौं । अमेरिकी नागरिक तथा संस्कृतिविद् डा.आना एम सिस्टरद्वारा भानु जयन्तीमा नेपाली श्लोक वाचन सबैको ध्यान खिचेको छ । सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै डा।सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको स्मरण गर्दै नेपाली भाषा सिक्दाको अनुभव समेत साटेकी थिइन् । नेपाली लोकसाहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएकी संस्कृतिविद् सिस्टरले नेपालीमै मन्तव्य राख्नुका साथै भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको श्लोक वाचन र गीत प्रस्तुत गर्दा साहित्यप्रेमीहरुले रोचक मानेर सुनेका थिए ।उनको स्पष्ट नेपाली उच्चारण, लयबद्ध प्रस्तुति र भाषाप्रतिको आत्मीयताले कार

    • प्रकाशित मितिः असार २९, २०८३
    • 81 पटक पढिएको
  • नेपालभर मनसुनी वायुको प्रभाव, मकवानपुरमा सर्वाधिक वर्षा

    काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भागको नजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य बदली देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार मकवानपुरको मकवानपुरगढी क्षेत्रमा ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले विशेष आग्रह गरेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै मधेस प्रदेश र तराई क्षेत्रका केही स्थानमा समेत भारी

    • प्रकाशित मितिः असार २९, २०८३
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.