समाचार

    Showing 13,441-13,450 of 24,841 items.
  • फोहर प्रशोधन गर्दै चन्दननाथ

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरभित्र सङ्कलित प्लाष्टिक र सिसाजन्य फोहर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी काम सुरु गरिएको बताए । नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 257 पटक पढिएको
  • स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

    काठमाडौँ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ ।आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सचिवद्वय डा विकास देवकोटा र हरिप्रसाद मैनाली, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुनाथ काफ्लेलगायतको उपस्थितिमा प्रतिवेदन सावर्जनिक गरिएको हो ।स्वास्थ्य बिमाको प्रभावकारिता वृद्धि गरी यसलाई सबै नागरिकको पहुँचमा पु¥याउन, बिमामार्फत उपलब्ध हुने सेवा गुणस्तरीय तथा सर्वसुलभ बनाउन, स्वास्थ्य ब

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 259 पटक पढिएको
  • ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

    काठमाडौँ । सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरेको हो ।विभागले विद्युत् खरिद बिक्री सम्झौताका लागि लामो समय लाग्ने हालको अवस्था र ठूला प्रकृतिका आयोजनालाई वित्तीय व्यवस्थापन गर्न लाग्ने समयलाई ध्यानमा राख्दै १०० मेगावाटभन्दा बढी जडित क्षमता भएका आयोजनालाई दुई वर्ष समय थप गर्ने व्यवस्था गरेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 388 पटक पढिएको
  • अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

    घोराही (दाङ) । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्छन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उनले गत वर्ष मात्रै रु १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताए । ‘गत वर्ष रु ११ लाख त बचत नै भयो’, उनले भने, ‘अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।’ उनका अनुसार यस वर्ष हालसम्म रु चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 329 पटक पढिएको
  • सगरमाथा संवादमा प्रदेश र स्थानीय सरकारलाई सहभागी गराइने

    काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई सहभागि गराउने बताएका छन् । आइतवार सगरमाथा संवाद सचिवालयले आयोजना गरेको सगरमाथा संवाद २०२५ प्रेस ब्रिफिङमा बोल्दै उनले जलवायु परिवर्तनको प्रभावबाट सबै समस्यामा परेको भन्दै सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई पनि साथै लैजाने बताएका हुन् । उनले भने, ‘सगरमाथा संवादको विषयमा हामीले प्रदेश र स्थानीय सरकारलाई पनि सँगै लैजाने ताकि हामी तीन करोड नेपालीकै साझा समस्या बनाउने जसबाट जलवायु परिवर्तनको प्रभावबाट हामी प्रताडित छौ । नेपालले ज्यादै क्षति व्यहोर्नु परेको छ । यो क्षतिको बार

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 345 पटक पढिएको
  • सर्वोच्चको अन्तरिम आदेशः टीओडी जाँच गर्न मन्त्री खड्काले बनाएको समितिले काम गर्न नपाउने

    काठमाडौं— सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम गर्न नपाउने आदेश दिएको छ।टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिँदै समितिलाई काम गर्न निषेध गरेको हो।उद्योगीहरुसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले योजना आयोगका पूर्वअध्यक्ष अरविन्द मिश्रको संयोजकत्वमा श्रीरामराज पाण्डे र सीए सुजन कुमार काफ्ले सदस्य रहेको समिति बनाएका थिए। अधिवक्ता खडानन्द कंडेलले ऊर्जा मन्त्रालयसहित समितिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो। सर्वोच्चबाटै फैसला भई निर्णय अन्तिम भएको विषयमा

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 592 पटक पढिएको
  • स्थानीयस्तरमै उच्च गुणस्तरिय तेल ल्यायो फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले

    काठमाडौं— फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको छ। शनिबार आयोजित कार्यक्रममा उक्त तेलको औपचारिक शुभारम्भ गरिएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्योग उद्घाटन तथा तेलको बजारीकरण शुभारम्भ गरेका थिए।फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष धर्म ऐरका अनुसार भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक छ। कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने लक्ष्यसहित यो उत्पाद

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 346 पटक पढिएको
  • सिभिल अस्पतालले गर्‍यो १६१ जनाको बोनम्यारो प्रत्यारोपण

    काठमाडौं— निजामती कर्मचारी अस्पताल (सिभिल)ले ९ बर्षमा  १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ। अस्पतालले आज एक कार्यक्रम गरी २०७३ सालयता १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जानकारी दिएको हो। बोनम्यारो प्रत्यारोपण सुरु गर्न अस्पतालले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस ९यूआईसी० सिकागोमा तालिम लिन चिकित्सकको टोली नै पठाएको थियो। अस्पतालले २०७३ साउन ३० गतेदेखि नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको थियो। चिकित्सकहरूका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्य रोग लागेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो नली

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 309 पटक पढिएको
  • लागूऔषध ब्राउन सूगरसहित ६ जना पक्राउ ।

    काठमाडौं— झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँच गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।धनकुटा शहिदभूमी गाउँपालिका–४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानब लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैयाँ सहित प्रहरीले नियन्त्रण गरेको हो। चैत्र ०२ गते विराटनगर महानगरपालिका—१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूर

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 371 पटक पढिएको
  • एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावती–४ घर भइ मोरङको बुढिगंगा–२ स्थितमा बस्दै आएका २४ बर्षीय आशिष राई रहेका छन । चैत्र २ गते राती पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका चालक राईको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ताप्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.