काठमाडौं — नेपालगञ्जमा ड्युटीकै क्रममा रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ।
बाँके दरबन्दी रहेका सई खड्काले ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानमा सहभागी भएर वर्दीमै हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अनुशासनको सवाल उठाइएको हो।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रहरी आचारसंहिताविपरीत कार्य गरेकाले खड्कालाई आवश्यक छानबिनका लागि बोलाइएको हो। प्रहरी ऐन २०१२ अनुसार, कुनै पनि प्रहरी कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन अनुमति छैन।