समाचार

    Showing 13,491-13,500 of 26,701 items.
  • जग्गासम्बन्धी घरायसी विवाद हुँदा आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरे

    धनुषा— धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ । आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या ती वृद्धको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ । विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले बुधबार बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि वासुदेव गम्भीर घाइत

    • प्रकाशित मितिः असार १८, २०८२
    • 603 पटक पढिएको
  • रामकुमारी झाँक्रीसँग पार्टीले माग्यो स्पष्टीकरण, कारण यस्तो

    काठमाडौं— नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई तीन दिन भित्र स्पष्टीकरण दिन पार्टीले अल्टिमेटम दिएको छ ।नेतृ झाँक्रीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल भ्रष्टाचारको मुद्दा खेपिरहेका बेला अध्यक्षलक्षित अभिव्यक्ति दिएकी थिइन् ।उनले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ। पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले

    • प्रकाशित मितिः असार १८, २०८२
    • 659 पटक पढिएको
  • महानगरले पिउने पानीको अनुगमन गर्दा २८ गाडीको अनुगमन गर्दा ४४ वटा पानीका जार मापदण्ड विपरीत भेटिएपछि महानगर प्रहरी बललाई जिम्मा लगायो

    काठमाडौं— काठमाडौं महानगरपालिकाले सोमबारदेखि पिउने पानीको गुणस्तर अनुगमन सुरु गरेको छ । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो ।  त्यस्ता जारहरु जफत गरिनुका साथै नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उ

    • प्रकाशित मितिः असार १८, २०८२
    • 1,648 पटक पढिएको
  • काठमाडौं महानगरले कक्षा ११–१२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ / १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।इच्छुक विद्यार्थीहरूले असार १८ देखि २७ सम्म अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।सूचनामा उल्लेख गरिएअनुस

    • प्रकाशित मितिः असार १८, २०८२
    • 610 पटक पढिएको
  • सभापति खतिवडाको राजीनामा माग गर्दै नेकपा एमाले

    काठमाडौं— नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिका सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,’ सांसद गिरीले भने– ‘जिम्मेवारी लत्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।’सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ । ‘सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन,’ उनले भने ।

    • प्रकाशित मितिः असार १८, २०८२
    • 573 पटक पढिएको
  • श्रीमती हत्या घटनाका आरोपित परे पक्राउ

    रूकुम पश्चिम— आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका–३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः असार १८, २०८२
    • 714 पटक पढिएको
  • राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

    काठमाडौं— सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन्। हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ रहेका थिए। भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए। 

    • प्रकाशित मितिः असार १८, २०८२
    • 667 पटक पढिएको
  • ७५ लाख बराबरको जरिवाना तोकिएका फरार प्रतिवादीहरू पक्राउ

    काठमाडौं— बैंकिङ कसूर र चेक अनादर मुद्दामा ७५ लाख रुपैयाँ बराबरको जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका–४, महाराजगञ्ज बस्ने लम्जुङ जिल्ला, मध्यनेपाल नगरपालिका–७ का ५१ वर्षीय दिपेन्द्र राज घिमिरेलाई ४३ लाख ५० हजार रुपैयाँ जरिवाना भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई असार १७ गते बिहान १०ः३० बजे काठमाडौंको तीनकुनेबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।यस्तै, चेक अनादर मुद्दामा अदालतले दुई वर्ष कैद सजाय र ३१ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको काभ्रेपला

    • प्रकाशित मितिः असार १८, २०८२
    • 567 पटक पढिएको
  • बनस्थलीस्थित ढ्वाङ खोलामा खसेको स्कुटर प्रहरीले सुरक्षित रूपमा निकाले

    काठमाडौं— काठमाडौं महानगरपालिका–१६ स्थित बनस्थली क्षेत्रको ढ्वाङ खोलामा खसेको एक स्कुटर नेपाल प्रहरीले सकुशल निकालेको छ।घटना ओम साइबाबा अस्पताल नजिकको सडक खण्डमा मंगलबार बिहान भएको थियो। स्कुटर अनियन्त्रित भई सडक छेउको रक्षाबाहिर खस्दै खोलामा पुगेको बताइएको छ। स्कुटर खोलामा खसेको सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले तुरुन्तै उद्धार कार्य थालेको थियो।काठमाडौं प्रहरी परिसरका अनुसार स्कुटर खोलामा खसेको भए पनि मानवीय क्षति नभएको पुष्टि गरिएको छ। स्कुटरचालक सकुशल छन् र उनी सामान्य चोटपटकसहित सुरक्षित अवस्थामा रहेका छन्। सुरक्षाकर्मीको सक्रियतामा स्कुटर खोलाबाट बाहिर निकालिएको हो।प्रह

    • प्रकाशित मितिः असार १८, २०८२
    • 509 पटक पढिएको
  • मध्य रातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमणको प्रयास

    लहान— जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि मध्य रातमा आक्रमण प्रयास भएको छ। घटनास्थल सिरहाको लहान नगरपालिका–१ मा पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा उनी माथि आक्रमण भएको हो।मंगलबार राति करिब १२स्३० बजेको समयमा प्रदेश राजधानी जनकपुरधामबाट फर्किएकी सांसद दास लहानस्थित बस स्ट्यान्डमा ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले उनीमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेका थिए। ती युवाहरूले सांसद दासलाई लखेटेपछि भागेर ज्यान जोगाएकी थिइन्।“भाग्दै घर पुगेर ज्यान जोगाएँ,” सांसद दासले भनिन्, “प्रदेशसभामा दलित, महिला तथा अन्यायमा परेका नागरिकको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छु। त्य

    • प्रकाशित मितिः असार १८, २०८२
    • 667 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.