काठमाडौं— नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई तीन दिन भित्र स्पष्टीकरण दिन पार्टीले अल्टिमेटम दिएको छ ।
नेतृ झाँक्रीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल भ्रष्टाचारको मुद्दा खेपिरहेका बेला अध्यक्षलक्षित अभिव्यक्ति दिएकी थिइन् ।
उनले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।
यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ। पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले बताए।