समाचार

    Showing 13,831-13,840 of 26,701 items.
  • ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न

    काठमाडौं । ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशुल जात्रा वर्षातका बावजुद पनि सम्पन्न भएको हो ।बिहीबार जय मंगला बछलेश्वरी डवली, पशुपति वज्र घर र जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिएको थियो । तीन वटा रथसहित नगर परिक्रमा गराई जात्रा सम्पन्न भएको हो । यो जात्रामा बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ नगर परिक्रमा गराउने प्रचलन रहेको स्थानीय बुद्धिजीवी मुकुन्द बैद्यले बताए ।  जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खट

    • प्रकाशित मितिः असार ६, २०८२
    • 350 पटक पढिएको
  • नेपाल प्रहरीमा जवानका लागि भर्ना खुल्यो

    काठमाण्डौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्। प्रहरि प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो। नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ।यो पद संख्या थप सर्वोच्च अदा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 398 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्र

    • प्रकाशित मितिः असार ६, २०८२
    • 337 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 204 पटक पढिएको
  • सुनसरीबाट ७ लाख १० हजार रुपैयाँ बराबरको बरामद

    सुनसरी  ।  सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–५ बलाहास्थित नवयुग स्कुल नजिकैबाट असार ५ गते नं. ४ गण सुनसरीले करीब ७ लाख १० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 297 पटक पढिएको
  • देवरले गरे भाउजूको विभत्स हत्या

    काठमाडौं— मकवानपुरको थाहा नगरपालिका—१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको विभत्सरूपमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका जानकारी दिए।खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार भएकामा अपराह्न खुकुरीसहति पक्राउ परेका प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०८२
    • 373 पटक पढिएको
  • दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    दैलेख— नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् ।चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ ।विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी

    • प्रकाशित मितिः असार ५, २०८२
    • 529 पटक पढिएको
  • मन्त्रीको गुन्डागर्दी शैलीः एकिकृत समाजवादीका नेतामाथि मुक्का प्रहार

    काठमाडौं— कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम फेरि विवादमा तानिएका छन्। मन्त्री हाङगाममाले मन्त्रीपदको दुरुपयोग गरी नेकपा (एकीकृत समाजवादी) का नेता रक्की थेबेमाथि सार्वजनिक स्थानमै मुक्का प्रहार गरेपछि अहिले उनको चौतर्फी आलोचना भएको छ । मन्त्रीकै हातबाट पटक–पटक यस्ता विवादित गतिविधिहरू दोहोरिरहँदा प्रदेश सरकार र नेताहरूको आचरण कस्तो हुनुपर्छ भन्ने सवाल फेरि उठेको छ।नेता थेबेका अनुसार, मन्त्री हाङगाम मादक पदार्थ सेवन गरेर आएका थिए। व्यक्तिगत गुनासोको शैलीमा सुरु भएको कुराकानी, ‘८४ सालमा तिमीले मेरो विरुद्ध उम्मेदवारी दिएको रे?’ भन्ने जस्ता कुराले तातेर हात हालाहालसम्म

    • प्रकाशित मितिः असार ५, २०८२
    • 365 पटक पढिएको
  • मितेरी बचत ठगी प्रकरणः कम्बोडियामा पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु

    काठमाडौं— मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनलाई अब ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।सिआइबीका अनुसार भण्डारीले मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याएर रु १४ करोडभन्दा बढी रकम विदेश लगिएको अनुसन्धानबाट खुलेको छ।गुरुङले अपचलन गरेको रकम थाइल्याण्ड

    • प्रकाशित मितिः असार ५, २०८२
    • 271 पटक पढिएको
  • सांसद अमरबहादुर थापाद्वारा संसदमा बजेट पुस्तिका च्यात्दै विरोध प्रदर्शन गरेपछि भयो हंगामा

    काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन्।विहीबारको संसद बैठकमा बोल्दै सांसद थापाले सरकारले ल्याएको बजेट जनमुखी नभई 'उल्टो बाटोबाट हिँडेको'आरोप लगाउँदै बजेटपुस्तिका च्यातेका हुन् । उनले सरकारको नीति तथा बजेटले जनताको आवश्यकता र समस्यालाई सम्बोधन नगरेको भन्दै कडा आलोचना गरे।प्रस्ताव राखेपछि उनले हातमा रहेको बजेट पुस्तिका च्यात्दै प्रत्यक्ष रूपमा असहमति जनाए। यो घटनाले संसदभित्र केहीबेर तनावपूर्ण वातावरण सिर्जना भएको थियो।सांसद थापाले भने, 'यो बजेट जनताको हितमा छैन, बरु धनाढ्यहरूक

    • प्रकाशित मितिः असार ५, २०८२
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.