काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन्।
विहीबारको संसद बैठकमा बोल्दै सांसद थापाले सरकारले ल्याएको बजेट जनमुखी नभई 'उल्टो बाटोबाट हिँडेको'आरोप लगाउँदै बजेटपुस्तिका च्यातेका हुन् । उनले सरकारको नीति तथा बजेटले जनताको आवश्यकता र समस्यालाई सम्बोधन नगरेको भन्दै कडा आलोचना गरे।
प्रस्ताव राखेपछि उनले हातमा रहेको बजेट पुस्तिका च्यात्दै प्रत्यक्ष रूपमा असहमति जनाए। यो घटनाले संसदभित्र केहीबेर तनावपूर्ण वातावरण सिर्जना भएको थियो।
सांसद थापाले भने, 'यो बजेट जनताको हितमा छैन, बरु धनाढ्यहरूका लागि बनाइएको छ। जनताको पीडा बुझ्न सरकार असफल भएको छ।'
सत्तापक्षका सांसदहरूले थापाको उक्त व्यवहारलाई ूअप्रत्याशित र असंवैधानिकू भनेका छन् भने विपक्षीहरूले उनको कदमलाई ून्यायोचित आक्रोशको अभिव्यक्तिूका रूपमा व्याख्या गरेका छन्।