समाचार

    Showing 13,891-13,900 of 24,870 items.
  • हुरीबतासबाट लाखौँको केराखेतीमा क्षति, किसान निरास

    इनरूवा (सुनसरी) । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन् । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गरेका हुन् । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए ।मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गरेका छन् । रू नौ लाख लागतमा उनले केराखेती गरेका थिए । उनी पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै थिए ।तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पु¥याँदा उनीहरू निरास भएका छन् । केराखेतीमा गरिएको लगानीअनुसार

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 363 पटक पढिएको
  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर छ दशमलव एक म्याग्निच्यूडको भूकम्प

    काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको छ ।खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा निस्केका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 434 पटक पढिएको
  • काठमाण्डौ लगायत आसपासका क्षेत्रमा भूकम्पको ठुलो धक्का

    काठमाण्डौ  । काठमाडौँमा शक्तिशाली भूकम्प गएको छ। शुक्रबार राति २ बजेर ५१ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो। भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेका छन्। काठमाडौँ उपत्यका भूकम्पिय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्। शुक्रबार बिहान काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ ।भैरव कुण्ड केन्द्रबिन्दु बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको महसुस सिन्धुपा

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 527 पटक पढिएको
  • गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ  । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ । गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुर

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 360 पटक पढिएको
  • निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम

    चितवन । पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ ।त्यसो त दैनिक तीन सयबढीले यहाँ निःशुल्क भोजन गर्ने गर्दछन् । आश्रम पुग्ने जो कोही भोकै फर्किनु पर्दैन । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म र साँझ पाँच बजेबाट सात बजेसम्म यहाँ निःशुल्क भोजन गर्न पाइन्छ ।सो आश्रममा एक सय ५५ वटा छुट्टाछुट्टै कुटी छन् भने साधक भवनमा ५५ वटा कुटीजस्तै कोठा छन् । हरेक कुटीमा खाना पकाउने भान्सा, सुत्ने कोठा र सँगै शौचालय बनाइएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 253 पटक पढिएको
  • बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

    नेपालगञ्ज (बाँके) । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताए । ‘बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामेरा लगाइएको थियो । अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ’, उनले भने ।पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषल

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 262 पटक पढिएको
  • गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन

    म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए । उनका अनुसार गत आव २०८०÷८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानका

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 341 पटक पढिएको
  • मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को

    जनकपुर । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ ।बिहीबार फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको छ ।आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रवार बिहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ ।श्रद्धालु भक्तजनहर

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 247 पटक पढिएको
  • मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षती

    मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ ।आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना,निकुन्ज रक्षक, कर्मचारी ,नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको थियो ।राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोलि रारा

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 272 पटक पढिएको
  • आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिए । यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठम

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 305 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.